श्रीकृष्ण जन्माष्टमीको अवसरमा लुम्बिनीका मुख्यमन्त्रीको सन्देश

सदरलाइन संवाददाता १० भाद्र २०८१, सोमबार १३:०१
 

दाङ :  श्रीकृष्ण जन्माष्टमीको अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्ध र आत्मनिर्भर लुम्बिनीको आकांक्षा पुरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

उनले प्रदेश सरकारले विकास, समृद्धि र सुशासनलाई केन्द्रविन्दुमा राखेर समृद्ध र आत्मनिर्भर लुम्बिनीको आकांक्षा पुरा गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रदेश सरकारका कामकारवाहीलाई उत्तरदायी, पारदर्शी, सहभागितामूलक तथा मितव्ययी बनाई सुशासन प्रवद्र्धन गर्न सरकारले अभियान थालिसकेको जानकारी दिएका छन् ।

लुम्बिनी प्रदेश सरकारले सुशासनकायम गर्ने विषयलाई प्राथमिकतामा राखेर सुशासन प्रवद्र्धन र भ्रष्टाचार न्यूनीकरण गर्न विभिन्न नीतिहरु अबलम्वन गरेको जानकारी दिदै नागरिक तहमा आशा, भरोसा र विश्वासको वातावरण निर्माण गर्न सरकार दृढ रहेको भनाई मुख्यमन्त्री आचार्यको छ ।

समृद्ध प्रदेशको माध्यमबाट मुलुकको समग्र विकासको महाअभियानमा जोडिन सबै राजनैतिकदल, सामुदायिक संघ संस्था र आम नागरिकहरुमा अपिल समेत गरेका छन् ।


भगवान श्रीकृष्ण प्रतिको आस्थाले गलत प्रवृतिविरुद्ध लडी असल आचरण, सदाचार, पुण्य र सत्कर्म प्राप्त गर्न उत्प्रेरित गर्ने, यो पर्वले सामाजिक एकता, प्रेम र आपसी सहयोगको भावनाको प्रबद्र्धन गरेको समेत उल्लेख गरेका छन् ।

विभिन्न जाति, धर्म र समुदायका मानिसहरुलाई एक सुत्रमा बाँध्न र एक आपसको सौहाद्र्धताको वातावरण बनाउँदै आएको समेत शुभकामना सन्देशमा उल्लेख छ ।

सांस्कृतिक पर्वहरूले सामाजिक सद्भाव र जागरणमा योगदान दिने गर्छन् । श्रीकृष्ण जन्माष्टमीले आध्यात्मिक चिन्तन र ध्यानमा समेत प्रेरित गरेको छ’ शुभकामना सन्देशमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्लानको उच्चस्तरिय टोलीद्वारा बर्दियाको गुलरियामा सञ्चालित परियोजनाको अनुगमन

१० भाद्र २०८१, सोमबार १३:०१
बर्दिया  : प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लवले बर्दियामा सञ्चालन गरिएका विभिन्न परियोजनाको उच्चस्तरिय अनुगमन टोलीद्वारा स्थलगत अनुगमन गरी परियोजनाले पारेको प्रभावको बारेमा सरोकारवालासंग छलफल गरेको छ । अनुगमनका लागि आएको प्लान इन्टरनेशनल नेपालको उच्चस्तरीय टोलीले बर्दियाको परियोजना सञ्चालन भएको विभिन्न वडाहरुमा भ्रमण गरेर गुलरिया नगरपालिकाका जनप्रतिनिधि, बाढी जन्य […]