प्लानको उच्चस्तरिय टोलीद्वारा बर्दियाको गुलरियामा सञ्चालित परियोजनाको अनुगमन

सदरलाइन संवाददाता १० भाद्र २०८१, सोमबार १४:३९
 

बर्दिया  : प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लवले बर्दियामा सञ्चालन गरिएका विभिन्न परियोजनाको उच्चस्तरिय अनुगमन टोलीद्वारा स्थलगत अनुगमन गरी परियोजनाले पारेको प्रभावको बारेमा सरोकारवालासंग छलफल गरेको छ ।

अनुगमनका लागि आएको प्लान इन्टरनेशनल नेपालको उच्चस्तरीय टोलीले बर्दियाको परियोजना सञ्चालन भएको विभिन्न वडाहरुमा भ्रमण गरेर गुलरिया नगरपालिकाका जनप्रतिनिधि, बाढी जन्य विपदको कारण जोखिममा पर्दै आएका स्थानीयहरुसंग सञ्चालित विभिन्न परियोजनाका बारेमा अन्तरक्रिया र छलफल गरेको थियो ।

प्लान इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टर रामकिशनको नेतृत्वमा आएको सो उच्चस्तरिय टोली र बाँके युनेस्को क्लबको टोलीले संयुक्त रुपमा गुलरिया नगरपालिकाका विभिन्न वडामा सञ्चालन गरिएका परियोजनासंगै नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत लगायतसंग विभिन्न बिषयमा छलफल गरेको थियो ।

प्लान इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टर रामकिशनले प्लानको आर्थिक सहयोगमा सञ्चालनमा रहेका बाढी जन्य विपद परियोजनाका लाभग्राहीसंग गुलरिया–१२ टडुवा सामुदायिक भवनमा भेटेर परियोजनाले पारेको प्रभावको बारेमा अन्तरक्रिया गरेका थिए ।

उनले सो अवसरमा कामका लागि नगद कार्यक्रमका लाभग्रहीलाई समेत भेटेर परियोजनाले गरेको सहयोगले लाभग्रहीको दैनिक जीवनमा परेको प्रभावको बारेमा जानकारी लिन सकेको र आगामी दिनमा परियोजनामा सञ्चालन गर्दा सुधार गर्नु पक्ष भए नभएको एकिन गर्न सहज भएको बताए ।

सो टोलीमा प्लान इन्टरनेशनल नेपाल सुर्खेतका निमित्त प्रमुख दुर्गा क्षेत्री र जनक गिरीसहितको टोलीले गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव, उपमेयर सावित्रा गौतम प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, महिला तथा बालबालिका प्रमुख शीला शाह, शिक्षा शाखा प्रमुख सतीश यादव र विपद फोकल पर्सन मुकुन्द अर्यालसँग अन्तरक्रिया तथा छलफल गरेको थियो ।


गुलरिया नगरपालिकाका नगरप्रमुख यादवले प्लान इन्टरनेशनल नेपालको सहयोगमा गुलरियामा सञ्चालन गरिएका विभिन्न परियोजनाले पारेको प्रभावसंगै सुधार गर्नुपर्ने पक्ष र थप आवश्यक परियोजना बारे प्लान इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टरसहितको टोलीलाई जानकारी गराएका थिए ।

उनले प्लान इन्टरनेशनल र बाँके युनेस्कोको साझेदारीमा सचालित परियोजनाबाट जोखिममा परेका समुदायको जीवनस्तर उकास्ने, युवती तथा बालिका सशक्तीकरण, गुणस्तरीय शिक्षाका लागि सामुदायिक विद्यालयलाई सहयोग गर्ने, विद्यालयका शिक्षकहरूको क्षमता अभिवृद्धि, बाल क्लबलाई सक्रिय गर्ने र वालवालिकाको विकासका लागि सहयोग पुगेको बताउदै यस्तै कार्यक्रमलाई निरन्तरता दिन अनुरोध गरे ।

परियोजनाले मानवअधिकार समिति, किशोर समुह क्लब र विपद् पीडितलाई मानवीय राहतमा गरेको सहयोग पनि सराहनीय रहेको मेयर यादवले बताए ।

सो बैठकमा बाँके युनेस्को क्लबका अध्यक्ष रविकुमार तुलाधर, प्रमुख संरक्षक प्रवेज अली सिद्दिकी, वरिष्ठ उपाध्यक्ष पन्चम गुरुंग, निमित्त कार्यकारी निर्देशक महेश नेपाली, टेक्निकल एडभाइजर साजिद अलि सिद्दिकीलगायतको उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राज्य सत्ता सञ्चालनमा कमजोर निर्णायक हुँदा राजनीतिक अस्थिरता मौलायो : महासचिव पोखरेल

१० भाद्र २०८१, सोमबार १४:३९
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा जो कमजोर छ राज्य सत्ता सञ्चालनमा उही निर्णायक हुँदा राजनीतिक अस्थिरता मौलाएको बताएका छन् । नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागको बैठकलाई सोमबार पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै महासचिव पोखरेलले लोकतन्त्रमा जनताले पत्याएका दलले शासन गर्नुपर्ने बताए । लोकतन्त्रको मूल मान्यता […]