मण्डली स्थापना भएको अवसरमा सरसफाई

सदरलाइन संवाददाता ३ भाद्र २०८१, सोमबार १७:२५
 

नेपालगञ्ज  : परमेश्वरको मण्डली विश्व सुसमाचार समाज नेपालगञ्जले आफ्नो स्थापना भएको ६० औ वर्षको अवसर पारेर बृहद सरसफाई कार्यक्रम आयोजना गरेको छ ।

मण्डलीका स्वयमसेवकले नेपालगञ्जको पुष्पलाल चौक आसपासमा बृहद सरसफाई गरेको परमेश्वरको मण्डली विश्व सुसमाचार समाज नेपालगञ्जका प्रमुख विकास अधिकारीले जानकारी दिए ।


उनले ८ हजार २ सय ५३ औं विश्वव्यापी सरसफाई अभियान सञ्चालन गरिएको बताउदै मण्डली स्थापनाको अवसरमा नेपालगञ्ज नगरलाई सफा बनाउने उद्देश्यले नेपालगञ्जको गुल्म अगाडिबाट पुष्पलाल चोकसम्म बृहद सरसफाई गरिएको बताए । सो अभियानमा मण्डलीका करिव १ सय ५० स्वयमसेवक सहभागी भएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रपति पौडेलद्वारा रक्षाबन्धन ग्रहण

३ भाद्र २०८१, सोमबार १७:२५
काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा आज वैदिक विधिअनुसार नवयज्ञोपवित जनै एवम् रक्षाबन्धन ग्रहण गरेका छन् । राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेलले पण्डित अर्जुन न्यौपानेबाट निर्धारित साइतमा वैदिक विधिअनुसार रक्षाबन्धन ग्रहण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपतिका आफन्तजनले समेत रक्षाबन्धन ग्रहण […]