सिद्दिविनायक लायन्स क्लवद्वारा विद्यलय पोसाक हस्तान्त्रण

सदरलाइन संवाददाता २४ श्रावण २०८१, बिहीबार १९:२४
 

नेपालगञ्ज :  लायन्स क्लब अफ नेपालगञ्ज सिद्दिबिनायकद्वारा बाँकेको आदर्श मावि राँझामा अध्ययनरत विपन्न विद्यार्थीलाई विद्यालय पोसाक उपलब्ध गराएको छ ।

क्लवले आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका ७० जना विद्यार्थीहरुलाई क्लवको २०२४÷२५ को अध्यक्ष गिता उपाध्यायको अध्यक्षता आयोजित कार्यक्रममा सहयोग विद्यालयका प्रधानाध्यापक प्रकास आचार्यलाई हस्तानांतरण गरिएको हो ।

लायन्स क्लब ईन्टरनेशनल ३२५ एनका रिजन ४का चियरपर्सन श्याम शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, अतिथि जोन चियरपर्सन शिब दाहाल, ड्रिष्टिक को चिफ डिल्ली राज रेग्मी, पुर्व अध्यक्षहरु चिरञ्जीवी ढकाल, उत्तरकुमार गौतम, नारायण भण्डारी, रविन्द्र लामिछाने, शिवेन्द्र भण्डारी, सदस्य कृष्ण बहादुर वुढाथोकी, शिक्षिका, एवम विद्यार्थीहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।


कार्यक्रमका लागि बाँके बस्त्रालयका संचारक एवम् क्लवका पुर्व अध्यक्ष अन्सुल रस्तोगीले तीस हजार रुपैयाँ बराबरको कपडा उपलब्ध गराएका थिए । उत्तर कुमार गौतमले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको संचालन निवर्तमान सचिव समेत रहेका शिवेन्द्र भण्डारीले गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज विमानस्थलबाट २४ लाख रकमसहित ५ जना भारतीय पक्राउ

२४ श्रावण २०८१, बिहीबार १९:२४
नेपालगञ्ज :  नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको २४ लाख रकमसहित ५ जनालाई बाँके प्रहरीले नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ । नेपालगञ्ज विमानस्थलबाट काठमाण्डौँको लागि उडान हुन लागेका भारतीय नागरिकहरुलाई सो रकम सहित प्रहरीले नियन्त्रण गरेको हो । प्रहरी नियन्त्रणमा पर्नेहरुमा जिल्ला सितापुर थाना कोतवाली उत्तर प्रदेश भारत बस्ने वर्ष ४४ […]