बाँके र बर्दियामा ३८/३८ जना संक्रमित थपिए

; २१ भाद्र २०७७, आईतवार १५:४३
 

नेपालगञ्ज : बाँकेमा आइतवार ३८ जनामा कोरोना भाइरस पुष्टि भएको छ । नेपालगञ्ज, कोहलपुर र खजुराका गरी ३८ जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी बर्दियामा पनि ३८ जनामा कोरोना देखिएको छ । यस्तै बाजुरा, झापा, प्युठान र काठमाण्डौका एकएक जनामा संक्रमण भेटिएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा कुल ८० जनामा संक्रमण भएको अस्पतालले जनाएको छ ।


पछिल्लो २४ घण्टामा गरिएको ३ सय १३ जनाको परीक्षणमध्ये ८० जनामा कोरोना संक्रमण देखिएको हो ।

Next Post

राप्ती सोनारीको ३ वटा वडामा तीब्र विद्युतिकरणको लागि डेलिगेशन

२१ भाद्र २०७७, आईतवार १५:४३
  राप्तीसोनारी (बाँके ) :  बाँकेको राप्तीसोनारीका ३ वटा वडामा थाँती रहेको विद्युतिकरण एकैसाथ  सम्पन्न गर्न नेपाल बिद्युत प्राधिकरण प्रदेश ५ डिभिजन कार्यालय नेपालगञ्ज ध्यानाकर्षण पत्र बुझाईएको छ । राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ मा एकैसाथ बिद्युतीकरणको काम सम्पन्न गर्न नेपाल बिद्युत प्राधिकरण प्रदेश ५ डिभिजन कार्यालय […]