बाँकेमा पनि विश्व शौचालय दिवस मनाईयो

४ मंसिर २०७३, शनिबार ११:५६
 

सदरलाइनडटकम,   unnamed-5
४ मंसिर, नेपालगन्ज : विश्व शौचालय दिवसका अवसरमा शनिबार बाँकेमा सरसफाईका विभिन्न सामाजिक गतिविधि भएका छन् । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा ‘जब्स एण्ड ट्वाईलेट’भन्ने मुल नाराका साथ विश्व चर्पी दिवस शनिवार मनाइएको छ । नेपालगन्ज उपमहानगरपालिका– ५ गणेशपुर स्थित मदरसा गुल्शने मदिनामा एक कार्यक्रमको आयोजना गरिएको थियो ।

unnamed-9
नेपाल रेडक्रस सोसाइटी बाँके शाखा अन्तर्गत रहेको स्वास्थ्य समिति संयोजक राकेश बहादुर श्रीवास्तावको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखा सभापति गोवर्धन सिंह सम्झना, मन्त्री अजीज अहमद सिद्दिकी, कार्यालय प्रमुख निरञ्जना मल्ल, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रकाश जंग शाह, सिएनभीका मुनबहादुर खड्का मदरसा गुल्शने मदिना नसरुदिन अन्सारी लगायतले विचार व्यक्त गरेका थिए ।

सो अवसरमा मदरसा गुल्शने मदिनामा रेडक्रसद्वारा संचालित गतिविधि र निर्माण भएका संरचनाको अभिरुची पूर्वक विद्यार्थी र शिक्षकहरुले अवलोकन गरेका थिए । यसैगरी बाँकेको हिरमिनियामा सरसफाईसम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ । दिवसका अवसरमा हिरमिनिया–२ स्थित सरस्वती माध्यमिक विद्यालय आसपास तथा पशुपति चौकमा सरसफाई गरिएको छ ।
भेरी जोन ईङ्गलिश मिडियम स्कुल, सशस्त्र प्रहरी बल बिओपी कालाबञ्जर, ईलाका प्रहरी कार्यालय हिरमिनिया र स्थानीयहरुले संयुक्तरुपमा सरसफाई गरेको सशस्त्र प्रहरी निरीक्षक राजेन्द्रबहादुर कुँवरले जानकारी दिए ।आफ्नो गाउँ आपैm सफा बनाऔं भन्ने उद्देश्यले हरेक साता विभिन्न वडामा सरसफाई कार्यक्रम गरिने ईलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक देवबहादुर खड्काले बताए ।


unnamed-8

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रदेश टुक्राउन नपाईने भन्दै एमाले बाँकेको विरोध

४ मंसिर २०७३, शनिबार ११:५६
सदरलाइनडटकम,   ७ मंसिर, नेपालगन्ज : सरकारले संविधान संशोधन गर्दा प्रदेश नं ५ बाट केही जिल्लाहरु झिकेर अर्को प्रदेशमा मिलाउन लागेको भन्दै एमाले बाँकेले सो कार्य नगर्न चेतावनी दिदै विरोध जनाएको छ । सरकारले प्रदेश नं. ५ बाट गुल्मी अर्घाखाँची, पाल्पा, प्यूठान लगायतका जिल्लाहरु झिकेर नवलपरासीदेखि बर्दियासम्मको प्रदेश बनाउने गरी संविधान […]

सम्बन्धित