वार्षिकोत्सवमा मानवसेवा आश्रममा खाद्यान्न वितरण

सदरलाइन संवाददाता ७ आश्विन २०८०, आईतवार १४:३६
 

नेपालगञ्ज : सनलाइफ इन्स्योरेन्स कम्पनीले नेपालगञ्जस्थित मानव सेवा आश्रममा रहेका ५६ जना आश्रितलाई खाद्यान्न र फलफुल वितरण गरेको छ । इन्स्योरेन्सको छैठौँ वार्षिक उत्सवको अवसरमा आश्रममा रहेका आश्रितलाई खाद्यन्न तथा फलफुल वितरण गरेको नेपालगञ्ज शाखा प्रवन्धक कमल शाहीले जानकारी दिए ।

उनले विश्वास, संरक्षण र समृद्धिको यात्रा सुनिश्चितता सहित छैठौं वार्षिकोत्सवको अवसरमा सामाजिक दायित्व अन्तरगत खाद्यन्न वितरण कार्यक्रम गरिएको बताए ।
लुम्विनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेको विशेष उपस्थितिमा खाद्यन्न वितरण गरिएको थियो । त्यसैगरी, कोहलपुर नगरपालिकाका ११ नं. वडाध्यक्ष कल्पना शर्माको प्रमुख आतिथ्यतामा उपशाखा कार्यालयमै केक काटेर शुभकामना आदान–प्रदान गरिएको थियो भने स्थानीय शिव मन्दिर परिसर सरसफाई गरिएको उनले बताए ।


उता, भुरीगाँउ उपशाखाले ज्येष्ठ नागरिक चौतारीमा आश्रित करिब ५५ जना जेष्ठ नागरिकलाई फलफुल वितरण गरि उपशाखा कार्यालयमा केक काटेर शुभकामना आदान–प्रदान गरिएको थियो ।

राजापुर उपशाखाले राजापुर अस्पतालमा रहेका बिरामीलाई फलफुल बितरण र गुलरिया उपशाखाले कार्यालयमा केक काटेर शुभकामना आदान–प्रदान गरेको शाहीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कृषि संकायका लागि गोरखा कलेजद्वारा अनलाइन आवेदन खुला

७ आश्विन २०८०, आईतवार १४:३६
कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा रहेको गोरखा पोलिटेक्निक कलेज एण्ड रिसर्च सेन्टरले कृषि स्नातक तहमा प्रवेश परीक्षाको आवेदन फारम खुल्ला भएको जनाएको छ । आईतबार कोहलपुरमा आयोजित पत्रकार भेटघाट मार्फत कलेजले नयाँ शैक्षिक सत्रकालागी बिएस्सीएजी तर्फ अनलाईन आवेदन खुलेको जनाएको हो । पश्चिम नेपालकै उत्कृष्ट बिद्यालयका रुपमा स्थापित गोरखा स्कुलको […]