राप्तीसोनारी–१ मा सरवर नचल्दा सेवाग्राहीलाई सास्ती

सदरलाइन संवाददाता १६ श्रावण २०८१, बुधबार १८:४६
 

राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउपालिका वडानं १ मा सरवरमा आएको समस्याका कारण सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीलाई आफ्नो विवरण नविकरण गराउनमा निक्कै सास्ती खेप्नु परेको छ ।

बाँकेको राप्ती सोनारी गाउँपालिका वडान १ मा सरबर समस्याका कारण सामाजिक सुरक्षा भत्ता लिने सेवाग्रहीको अवस्था अध्यावधिक गर्न कठिनाई भएको सेवाग्राही रामजाल कुमालले गुनासो गरे । उनले भने–‘ राष्ट्रिय परिचय पत्र बनाउन आएको हुँ, सरवर चलेको छैन, तीन दिनदेखि लगातार वडा कार्यालय आउने जाने मात्र भएको छ ।’

सोही वडा कै ईश्वरी चापागाई गत साउन ८–९ गतेदेखि नै वडा कार्यालय आउने जाने मात्र दैनिकी भएको बताए । उनले जेष्ठ नागरिक भत्ता लिनको लागि अनलाईन विवरण अध्यावधिक हुन नसक्दा हरेक दिन विबहान वडा कार्यालय पुग्ने अनि फर्कने गरेको बताए ।

बाँके राप्तीसोनारी गाउपालिका वडानं १ मा सरवरमा आएको समस्याका कारण सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीलाई आफ्नो विवरण नविकरण गराउनमा निक्कै सास्ती खेप्नु परेको राप्तीसोनारी१ खोकरीका श्यामलाल विश्वकर्मा बताउछन् । ‘बिहानै घरबाट वडा कार्यालय पुगेर अनलाईनमा आफ्नो विवरण अध्यावधिक गारउन धर्ना दिनु अहिले दैनिकी नै बनेको छ ।’

सरवर नै सञ्चानल नभएपछि सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहीलाई उनीहरुको विवरण अनलाईन अध्यावधिक गर्न नसकिएको राप्तीसोनारी गाउपालिका वडानं. १ का वडा सचिव महेन्द्र खड्काले जानकारी दिए ।


उनले भने–‘ सेवा लिन वडा कार्यालय आउनुहुन्छ । सरवर चलेको छैन बस्नुहोस भनेर बसाल्र्दै कम्युटर क्लिक गर्दैमा कार्यालय समय सकिन्छ । कार्यालय समयपछि सरबर केही चलेपनि सेवाग्रहीलाई रोकेर सेवा दिन निकुञ्जको कारण सहज छैन ।’

सरवरले लोड थाप्न नसक्दा कार्यालय समयमा अध्यावधिक गर्न कठिन भएको वडा अध्यक्ष यामबहादुर खड्काले बताए । उनले बिहान ७ बजेदेखि टाढा टाढाबाट जेष्ठ नागरिक, एकल महिला एव अपांगता भएका ब्यक्तिहरु लाइन लागेर बसेपनि सरवर सिस्टमले काम गरेपछि त्यत्तिकै फिर्ता पठाउनु आफुहरुको बाध्यता छ ।

उनले निकुञ्जको कारण सेवाग्राहीलाई वडामै राखेर अवेरसम्म सेवा दिउ भने पनि संभव नभएको कुरामा जोड दिदै भने–‘निकुञ्जको कारण जंगली जनावरको डर त्यतिकै छ । अबेर हुने वित्तिकै जंगली जनावरको आक्रमणमा पर्ने खतरा छ । कार्यालय समयमा सरवरले लोड थाम्न सक्दैन ।’

राप्ती सोनारी गाउपालिका वडा नंं १ मा जेष्ठ नागरिक, एकल महिला एव अपांगता भएका ब्यक्तिहरु ६ सय ४२ जना रहेका छन । आजसम्म २६ जनाले मात्र अध्यावधिक गर्न सकेका वडा कार्यालयले जनाएको छ ।

सरकारले भदौ तेस्रो सातासम्म सामाजिक सुरक्षा कार्यक्रममा जोडिएका सेवाग्रहीको अनलाईन अध्यावधिक गर्नै पर्ने वाध्यकारी निर्देशन जारी गरेको कारण प्रत्यक स्थानीय तहका वडामा यतिबेला अनलाईन अध्यावधिक गर्नेको भिइ भएपनि सरवरले काम नगर्दा सेवाग्राहीले सास्ती खेप्नु परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डोल्पाबाट सुर्खेतका लागि उडेको नेपाली सेनाको हेलिकप्टर लेकबेसीमा आकस्मिक अवतरण

१६ श्रावण २०८१, बुधबार १८:४६
  सुर्खेत :  मौसम खराबीका कारण डोल्पाबाट सुर्खेतका लागि उडेको नेपाली सेनाको हेलिकप्टर लेकबेसीको पुरानो घाटमा आकस्मिक अवतरण गरेको छ । डोल्पाबाट विरामी उद्दार गरेर सुर्खेत विमानस्थल ल्याउँदै गर्दा वीचममै मौसम प्रतिकुल बनेपछि पूर्वी सुर्खेतको लेकबेसी नगरपालिका–६, पुरानो घाटको खेतमा सेनाको हेलिकप्टरले आकस्मिक अवतरण गर्नु परेको हो । एनए–जीरोसिक्स (ढ […]