बाँकेका सुरक्षाकर्मीका लागि लयन्सद्वारा मास्क र सेनिटाईजर हस्तान्त्रण

२१ श्रावण २०७७, बुधबार २०:१३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कोबिड–१९ को अग्रभागमा खटेर काम गर्दै आएका सुरक्षा निकायको व्यक्तिगत सुरक्षाको लागि लायन्स क्लव अफ नेपालगञ्जले १० हजार थान सर्जिकल मास्क र १० लिटर सेनिटाईजर हस्तान्त्रण गरेको छ ।

जिल्ला कोबिड व्यवस्थापना समिति बाँकेका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गलाई सो सामाग्री लायन्स क्लव ईन्टरनेशनल डिस्टिक ३२५ बि–२ का पूर्व डिस्टिक गर्भनर सेम शाक्य, मधुसुदन शर्मा रिजालले एक कार्यक्रमका बीचमा हस्तान्त्रण गरेका हुन ।

लायन्स क्लव ईन्टरनेशनल डिस्टिक ३२५ बि–२ का पूर्व डिस्टिक गर्भनर शाक्यले लायन्सले कोबिडको संक्रमणबाट जोगिनको लागि विभिन्न समयमा विभिन्न सहयोग गर्दै आएको बताउदै महामारीको बेलामा आफुहरु सदैब सहयोग गर्न तयार रहेको बताए ।

उनले लायन्स क्लव अप नेपालगन्जको पहलमा ‘द मेण्डरर्ली ट्रस्ट सानमिर्ली अष्टे«लिया’को सहयोगमा धेरै जनसम्पर्क हुने सुरक्षा निकायको व्यक्तिगत सुरक्षाको लागि सर्जिकल मास्क र सेनिटाईजर सहयोग गरिएको बताए ।


लायन्सका पूर्व डिस्टिक गर्भर मधुसुदन शर्मा रिजालले लायन्स क्लवको पहलमा कोरोना परिक्षणको दायरा बढाउनको लागि पश्चिम क्षेत्रमा ९ हजार थान भिटिएम उपलब्ध गराई सम्बन्धित जिल्लाका स्थानीय तहलाई हस्तान्त्रण गरिएको बताए । उनले यो बाहेक अन्य सहयोग गर्दै आएको र आगामि दिनमा पनि आफुहरु सहयोग गर्न तयार रहेको बताए ।

लायन्सले खजुरारोडमा रहेको डेन्टल अस्पताललाई आईशोलेशन वार्ड सञ्चालन गर्न दिएको प्रसंग स्मरण गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले विपदमा अग्रभागमा खटेर काम गर्दै आएका सुरक्षा निकायको मनोबल बढाउन मास्क र सेनिटाईजर सहयोग गरेकोमा धन्यबाद दिए ।

सो अवसरमा नेपालगन्ज उपमहानगरका कार्यबाहक मेयर उमा थापामगर, बाँके प्रहरी प्रमुख ओमबहादुर राना, लायन्स लिडर ज्ञानेन्द्र श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठ, क्याम कुमार शर्मा, यज्ञबहादुर बस्नेतलगायतको सहभागिता रहेको थियो ।

Next Post

बाँकेमा कोरोना संक्रमित बढेसंगै आवश्यक तयारी तीव्र

२१ श्रावण २०७७, बुधबार २०:१३
सदरलाइनडटकम, नेपालगञ्जः बाँकेमा पछिल्लो एकसाता यता अप्रत्याशित रुपमा कोरोना संक्रमितको संख्यामा बृद्धि भएपछि जारी गरिएको निषेधाज्ञासंगै आवश्यक तयारीलाई समेत तीब्र परिएको छ । एकसाता अघिसम्म १२ जना संक्रमित रहेको बाँकेमा अहिले ७४ जना र बाहिर जिल्लाका ४ जना गरी ७८ जना संक्रमित भएपछि निषेधाज्ञा जारी गर्दै आवश्यक तयारी तीब्र पारिएको […]