तुलसी जयन्तीका अवसरमा साहित्यकार सम्मानित

सदरलाइन संवाददाता ८ भाद्र २०८०, शुक्रबार १३:५३
 

नेपालगञ्ज : अवधी सांस्कृतिक प्रतिष्ठानद्वारा नेपालगञ्जमा ५२६औँ तुलसी जयन्ती विविध कार्यक्रमका साथ भव्यतापूर्वक मनाइएको छ । नेपाल र भारतका अवधीभाषी साहित्यकारहरूको सम्मान, बहुभाषी कवि गोष्ठी र तुलसीदासको जीवनीबारे चर्चा गरिएको प्रतिष्ठानले जनाएको छ ।

अवधी सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष विष्णुलाल कुमालको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा भारतबाट आएका वरिष्ठ साहित्यकारहरू इन्द्रेसबहादुर सिंह, डा. मनोज भारत, सन्दीप सरल र पिके प्रचण्ड तथा नेपालका अवधीभाषी साहित्यकारहरू मधेईसिंह सिख, कृष्णादेवी पाण्डे, शिवप्रसाद पाठकलगायतलाई सम्मान गरिएको थियो । नेपालगञ्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सन्तोष कनोडिया र नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्यसचिव तथा वरिष्ठ साहित्यकार सनतकुमार रेग्मीले नेपाल र भारतका साहित्यकारलाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरे ।


सो अवसरमा बोल्ने अधिकांश वक्ताले रामचरित्र मानस (रामायण) का रचयिता गोस्वामी तुलसीदास महाराजको ५२६औँ जन्मोत्सव (तुलसी जयन्ती) का अवसरमा विश्वलाई रामचरित्र मानसमार्फत दिइएको ऊर्जावान सन्देशबारे चर्चा गरेका थिए । अवधी सांस्कृतिक प्रतिष्ठानका महासचिव वीरेन्द्र यादवले कार्यक्रममा अवधी गायक, कविता वाचक, गीतकार, हास्य कलाकारसँगै अन्य भाषाका साहित्यकारले पनि आआफ्नो साहित्यिक कविता, गीतलगायत साहित्यिक सिर्जनाहरू वाचन गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महिला कैदीबन्दीहरुलाई नयाँ भवनमा सारियो

८ भाद्र २०८०, शुक्रबार १३:५३
दाङ : कारागार कार्यलय तुलसीपुर, दाङका महिला कैदीबन्दीहरुलाई नयाँ भवनमा सारिएको छ । यसअघि पुरानो भवनमा रहेका कैैदीबन्दीहरुलाई नयाँ भवनमा सारिएको हो । यस अघि तीन वटा कोठामा मात्रै ४९ जना महिला कैदीबन्दी र तीन जना आश्रित बालबालिका थिए । जहाँ निकै साँघुरो र बस्न अप्ठ्यारो हुने गरेको थियो । […]