भारतमा घट्दै संक्रमण र मृत्यु दर

सदरलाइन संवाददाता १८ जेष्ठ २०७८, मंगलवार ११:३२
 

काठमाण्डौ : दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा कमी हुँदै गएको छ । डेढ महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख २६ हजार ६९८ जनामा संक्रमण भएको छ । यो संख्या सोमबारको तुलनामा २६ हजारले कम हो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ८१ लाख ७३ हजार ६५५ पुगेको छ ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख २२ हजार २५७ पुगेको थियो ।


मंगलवार भारतमा मृतको संख्यामा पनि कमी आएको छ । दैनिक चार हजार हाराहारी संक्रमितको मृत्यु हुँदै आएकोमा आज २ हजार ७८२ मा झरेको छ । सोमबार पनि मृतक संख्या अघिल्ला दिनहरूको तुलनामा कम भएको थियो ।

पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या ३ लाख ३१ हजार ९०९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरकार र थरुहटबीच ६ बुँदे सहमति

१८ जेष्ठ २०७८, मंगलवार ११:३२
नेपालगञ्ज : नेपाल सरकार र थारुहट/थारुवान संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । सहमति अनुसार टीकापुर घटनाका आरोपि धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानूनसम्मत पहल गर्ने उल्लेख छ । दुई पक्षबीच थरुहट/थारुवान आन्दोलनका क्रममा शहीद भई राहत […]

सम्बन्धित

ताजा अपडेट