नेपाल भ्रमण वर्ष सफल बनाउन अमेरिकी राजदूत बेरीको अपिल

२० पुष २०७६, आईतवार १६:१९
 

सदरलाइनडटकम,
काठमाडौ : नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन अपिल गरेका छन । राजदूत बेरीले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन अमेरिकी मिसनका सबै सामाजिक संजालहरुमा नेपाललाई एक उत्कृष्ट पर्यटकीय गन्तब्यको रुपमा प्रचार गर्ने घोषणासमेत गरे ।

बेरीले आफ्नो ट््वीटरबाट नेपाल भ्रमण वर्षको अभियानलाई सफल बनाउन अपील गरेको कुरा अमेरिकी राजदूताबासको फेसबुक पेजबाट बिहीबार सार्वजनिक गरिएको छ ।


अमेरिकी राजदूताबासका अनुसार आउने केही साता नेपालस्थित अमेरिकी मिशनमा कार्यरत कर्मचारी र परिवारले नेपाल घुम्दाको अनुभव र तस्वीर सामाजिक संजालमा सेयर गर्नेछन् । जो नेपाल घुम्न आउने हजारौं अमेरिकी पर्यटकहरूजस्तै नेपालको सुन्दरतामा रमाउन मन पराउने विश्वास गरिएको छ ।

अमेरिकी दूताबासले फेसबुक पेजमा अपिलसँगै राजदूत बेरीले नेपालका विभिन्न मठ मन्दिर र पर्यटकीय गन्तब्य घुमेका तस्वीर समेत राखेको छ ।

Next Post

विमानस्थलबाट फेरि समातियो सुन

२० पुष २०७६, आईतवार १६:१९
सदरलाइनडटकम, काठमाण्डौ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् । जाँचका क्रममा भारतीय नागरिक किजाकेथिल नौसाद पक्राउ परेका हुन् । यूएईको सारजहाबाट आएका उनले क्याम्सुल बनाएर सुन तस्करी गर्न खोजेका थिए । तर, विमानस्थलमा जाँचका क्रममा पक्राउ परेको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका प्रहरी वरिष्ठ […]