जयगुरुदेवका अनुयायीले गरेको मुठ्ठीदानबाट ११ महिनादेखि निरन्तर निशुल्क भण्डारा

रुद्र सुवेदी १२ जेष्ठ २०७८, बुधबार १३:४८
 


नेपालगञ्ज  : भारतबाट नेपाल आउने बटुवालाई लक्षित गरी जयगुरुदेव आध्यात्म संगती परिवारजनले मुठ्ठी दानबाट निरन्तर निशुल्क भण्डारा सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउन तथा निषेधज्ञाका कारण होटल तथा पसलहरु बन्द हुँदा भारतबाट नेपाल आउने बटुवालाई खाना खुवाउनको लागि लक्षित गरी बिगत ११ महिनादेखि नेपालगञ्जको भन्सार परिसरमा निशुल्क भण्डारा सञ्चालन गरिएको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले स्थापना गरेको होल्डिङ्ग सेन्टर नजिकै जयगुरुदेव आध्यात्मिक संगती परिवारजनद्वारा सञ्चालनमा ल्याएको सो भण्डारामा दैनिक रुपमा खना खानेको संख्या ३ सयबढी रहेको छ । ‘अहिले भारतबाट आउनेहरुको संख्या घट्दै गएकोले दैनिक रुपमा ३ सयदेखि साढे ३ सयसम्मले खाना खादै आएका छन् । सुरुवातका दिनमा एकै दिन १ हजार ५ सयसम्मलार्ई खाना खुवाएका थियौ ’– भण्डारा सञ्चालक समेत रहेका जयगुरुदेवका अनुयायी प्रकाश सिंह जयसवालले भने ।

कोरोना भाईरसको संक्रमण सुरु भएदेखि भारतबाट रोजगार गुमाएर नेपाल फर्कनेहरुको लागि लक्षित गरी जयगुरुदेव अध्यात्मिक संगती परिवारले २०७७ साउन ३ गतेदेखि सुरु गरेको निशुल्क भण्डारा ११ महिनादेखि निरन्तर सञ्चालनमा रहेको जयगुरुदेवका अनुयायी जयसवाल बताउछन् । उनले मानिसहरुको आवगमनको चाप बढेको बेलामा दैनिक १ हजार ५ सयसम्मलाई खाना खुवाइएको दाबी गरे । उनीहरुले खुवाउने खानामा दाल, भात, रोटी तरकारी साकाहरी व्यञ्जन मात्र हुने गरेको छ ।

सो भण्डाराको लागि आवश्यक रासन जयगुरुदेवका अनुयायीहरुले मुठ्ठीदानबाट संकलन गरिएको चामल र उनीहरुले मात्र सहयोग गरेको नगदबाट तरकारी, तेल, मरमसला खरिद गर्ने गरिएको छ । कुनै पनि संघसंस्था वा जयगुरुदेवका अनुयायि भन्दा बाहिरबाट कुनै पनि सहयोग नलिएर भण्डारा सञ्चालन गर्दै आएको छ । अनुयायिले आफुले साँझ बिहान संकलन गरेको मुठ्ठीदानको चामल र सहयोग लिएर भण्डारा स्थलसम्म पुग्ने आफुले पनि काम गरेर सहयोग पुराउने गरेका छन ।


कोरोना संक्रमणको त्रासमा भारतका विभिन्न प्रान्तबाट रोजगार गुमाएर नेपाल फर्केकाहरु जुनसुकै बेलामा भण्डारामा पुगरे खान माग गर्दा उपलब्ध भएको खाना पाउने व्यवस्था मिलाईएको जय गुरुदेवका अनुयायी तथा भण्डारा सञ्चालक जयसवाले बताउछन् ।

उनले सो भण्डारा सञ्चालनको लागि जयगुरुदेव संगतीबाट संकलन भएको मुठ्ठीदानबाट निरन्तर सञ्चालनमा ल्याईएको र बिगत ११ महिनादेखि निरन्तर चलेकोले आगामी दिनहरुमा पनि यसरी नै सञ्चालन गर्दै लैजाने जानकारी दिदै भने–‘ हामी जयगुरुदेव आध्यात्म संगतबाट र साकाहरी व्यक्तिबाट स्वस्फूर्त संकलन गरी ल्याईएको राशनबाट भण्डारा चलाउदै आएका छौ र आगामी दिनमा पनि यसरी नै चलाउने योजना छ ।’ उनीहरुको संगतीले कुनै पनि संघसंस्था, सरकारी वा गैह सरकारी निकाय कैतबाट पनि सहयोग आएमा सो नलिने नीति नै बनाई सेवा भावले अभियान सञ्चालन गर्दै आएको स्पष्ट पारे ।

भारतको उत्तराखण्डबाट दैलेख राकमको आठबिस नगरपालिका–३ मा रहेको घर जान आएका उदय नेपालीले भारतबाट नेपाल बोर्डर आउदासम्म खानेकुरा किनेर खानुपरेको र नेपाल प्रवेश गरेपछि निशुल्क खानाको व्यवस्था भएको बताए । ११ जनाको समुहमा रहेका उनीहरुलाई भारतमा पनि लकडाउन भएकोले खानेकुरा किनेर पनि खान नपाउने पाईहालेमा अत्यन्तै महंगो हुदाँ मर्कामा पर्दै आएको स्मरण गर्दै भने–‘ भारतमा अत्यन्तै कष्ट सहदै भोकै प्यासै आएका थियौ नेपाल प्रवेश गर्दा नै सशस्त्र प्रहरीेले मास्क दियो, रेडक्रशले पानीको बोतल दिदै होल्डिङ्ग सेन्टरमा पठायो । यहाँ बस्न र खाना खान पायौ । घरमै पुगे जस्तै भएको छ ।’

जयगुरुदेव आध्यात्मिक संगति परिवारजनले आफु–आफु मै संकलन गरेको मुठ्ठीदानले बिगत ११ महिनदेखि निरन्तर निशुल्क रुपमा खाना खुवाउदै आएका छन । उनीहरुको यो कार्यले भोकै हिड्न बाध्य बटुवालाई ठूलो राहत पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

५० हजार बढीको अबैध सामान बरामदपछि भन्सारमा बुझाईयो

१२ जेष्ठ २०७८, बुधबार १३:४८
बर्दिया : बर्दियामा तैनाथ रहेको सशस्त्र प्रहरी बल नेपालले भन्सार छली गरेर ल्याउँदै गरेको अवस्थामा विभिन्न सामाग्रीहरु बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण, बर्दिया मातहतका य्ुनिटबाट खटिएको टोलीले ५० हजार मुल्य बढीको अवैध सामानहरु बरामद गरेको छ । भारतबाट भन्सार छली गरेर नेपालतर्फ सामान ल्याउँदै […]

सम्बन्धित