लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका उपनेता चेतनारायण आचार्यको दावी पेश

सदरलाइन संवाददाता ७ श्रावण २०८१, सोमबार १६:४४
 

दाङ्ग  : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले दाबी पेश गरेका छन् । आचार्यले लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनसमक्ष आज मुख्यमन्त्रीमा दावी पेश गरेका हुन ।


आचार्यले नेपाली काँग्रेसका प्रदेश सभा सदस्यहरुको समर्थनमा दावी पेश गरेका हुन । केन्द्रीय सत्ता समीकरणमा नयाँ परिवर्तन भएसँगै प्रदेशहरुमा पनि यसको प्रत्यक्ष प्रभाव परेको छ ।

हिजो मात्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले राजिनामा दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका आचार्य नियुक्त

७ श्रावण २०८१, सोमबार १६:४४
नेपालगञ्ज : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नवनियुक्त मुख्यमन्त्री आचार्यले आजै नेकपा (एमाले) […]