सदरलाइनडटकम,
कञ्चनपुर : बक्सिङमा दाङ प्रदेश नं. ५ को च्याम्पियन बन्न सफल भएको छ । सुदुरपश्चिमको महेन्द्रनगर कञ्चनपुरमा फागुन १९ देखी २२ गतेसम्म संञ्चालित प्रतियोगितामा शानदार र शसक्त प्रर्दशन गरेको दाङले ७ स्वर्ण, ४ रजत पदक हात पार्दै प्रदेश नं ५ को च्याम्पियन बन्न सफल भएको हो ।
प्रदेश नं ५ का १२ जिल्लामध्ये ६ जिल्लाको सहभागिता रहेको प्रतियोगितामा हावी बनेको दाङका तर्फबाट पुरुष ४९ केजीमा सुरज वली, ७५ केजीमा गणेश बिक र ८१ केजी तौल समुहमा केशर खत्रीले प्रथम स्थान हात पार्दै प्रदेश नं ५ को छनोटमा पर्न सफल भए ।
