नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ मा शनिवार बृक्षारोपण गरिएको छ । १२ नम्बर वडा कार्यालयले वडा कार्यालय परिसर र स्वास्थ्य चौकी परिसरमा बृक्षारोपण गरिएको बताएको छ । लुम्बिनी प्रदेशका वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्रबहादुर हमालले बृक्षरोपण कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
त्यस अवसरमा मन्त्री हमालले १२ नम्बर वडाले बृक्षारोपणलाई प्राथमिकतामा राखेको भन्दै खुसी व्यक्त गरे । उनले वडाको सौन्दर्यकरण र हरियाली प्रवद्र्धनका लागि बृक्षरोपण अनिवार्य भएको बताए । पछिल्लो समय बढ्दै गएको वातावरण प्रदुषणबाट जोगिन रुख विरुवा रोप्ने र संरक्षण गर्ने कार्य अपरिहार्य भइसकेको बताए ।
वडाको सौन्दर्यकरणलाई बढावा दिँदै हरियाली प्रबद्र्धन गर्न वडामा बृक्षरोपण गर्ने कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाउने उद्देश्य अनुरुप बृक्षारोपण प्रारम्भ गरिएको वडा अध्यक्ष तरुण कुमार बज्राचार्यले बताए । दुई ठाउँमा गरेर आज झण्डै दुई सय विरुवा रोपिएको वडा अध्यक्ष बज्राचार्यले बताए । बृक्षरोपण कार्यक्रममा अन्य जनप्रतिनिधि र स्थानीयहरुको सहभागिता थियो ।