लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका आचार्य नियुक्त

सदरलाइन संवाददाता ७ श्रावण २०८१, सोमबार १९:४४
 

नेपालगञ्ज : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


नवनियुक्त मुख्यमन्त्री आचार्यले आजै नेकपा (एमाले) का २९ र नेपाली कांग्रेसका २७ सहित ५६ जना प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए ।

निवर्तमान मुख्यमन्त्री जोखबहादुर महराले आइतबार प्रदेश प्रमुख समक्ष बुझाएको राजीनामा स्वीकृतसँगै नयाँ सरकार गठनका लागि नेपालको संबिधान धारा १६८ (२) बमोजिम प्रदेशसभामा रहेका दुई वा दुईभन्दा बढी दलको समर्थनमा आज बेलुका ६ : ३० बजेसम्म मुख्यमन्त्री दाबी गर्न आह्वान भएको थियो ।

प्रदेश प्रमुख शेरचनले एमाले संसदिय दलका उपनेता आचार्यलाई नेपालको संबिधान धारा १६८ (२) बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्री ओलीसँग रुसी महिला भलिबल टोलीको भेट

७ श्रावण २०८१, सोमबार १९:४४
काठमाडौँ  : प्रधानमन्त्री केपी शर्मा ओलीले पारसपरिक लाभ र सम्मानका आधारमा नेपाल र रुसबीचको पुरानो सम्बन्धलाई पुनःताजगीकरण गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज रुसको महिला भलिबल टोलीसँगको भेटका क्रममा प्रधानमन्त्रीले ओलीले दुई देशबीच सोभियत सङ्घ हुँदादेखि नै रुसबाट नेपालले शिक्षा, यातायात आदि क्षेत्रमा सहयोग पाउँदै आएको उल्लेख गर्दै […]