सञ्चारमन्त्री गुरुङ र अमेरिकी राजदूत थम्सनबीच शिष्टाचार भेट

सदरलाइन संवाददाता ६ श्रावण २०८१, आईतवार २०:०६
 

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत डिन थम्सनबीच आज शिष्टाचार भेट भएको छ ।

भेटमा उनीहरूबीच नेपाल—अमेरिका द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । त्यसक्रममा सूचना प्रविधिको विकास, साइबर सुरक्षा, प्राकृतिक विपत्तिमा प्रविधिको प्रयोग र नेपालको शान्ति तथा समृद्धिका बारेमा छलफल भएको मन्त्री गुरुङको सचिवालयले जनाएको छ ।


त्यस अवसरमा मन्त्री गुरुङले प्राकृतिक विपत्तिको सामना, पर्वतारोहणका क्रममा हुने दुर्घटनामा उद्धार तथा खोज, सूचना प्रविधिको विकासमार्फत समृद्धि हासिल गर्ने विषयमा सहकार्य गर्न नेपाल तयार रहेको बताए ।

उनले रोजगारी सिर्जना र सूचना प्रविधिको विकास तथा विस्तारमार्फत पलयान हुँदै गएको युवा जनशक्तिलाई नेपालमै उपयोग गर्नेलगायत विकास प्राथमिकताका क्षेत्रमा मिलेर काम गर्न सकिने उल्लेख गरे ।

राजदूत थम्सनले मन्त्री गुरुङलाई कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दै सूचना प्रविधि क्षेत्रको विकास र विस्तारका लागि अमेरिकी सरकार नेपाललाई सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधि सभामा दुई तिहाइ मत

६ श्रावण २०८१, आईतवार २०:०६
काठमाडौँ :  प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभाबाट दुई तिहाइ विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री ओलीलाई १८८ जना सांसदहरुले विश्वासको मत दिएका हुन । विश्वासको मतको विपक्षमा ७४ मत परेको थियो । विश्वासको मतको पक्ष वा विपक्ष दुबैमा मत नदिने सांसदको संख्या १ […]