नेपालगञ्ज : आइतबार सम्पन्न हुने आमनिर्वाचनको तयारी बाँकेमा पुरा भएको जनाईएको छ । ३ प्रतिनिधि सभा र ६ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको बाँकेमा १३८ मतदान स्थलमा ३ सय ८० मतदान केन्द्र निर्माण गरिएको छ ।
बाँकेमा मतदानको लागि केन्द्र निर्माण गर्नेकार्य सम्पन्न भएको बाँकेका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश धनसिंह महरले जानकारी दिए ।
बाँकेमा निर्वाचन सम्पन्न गराउनको लागि १ हजार ९ सय ५९ म्यादी प्रदरी १ हजार २ सय विभिन्न ओहोदाका प्रहरी, ७ सय २८ सशस्त्र प्रहरी करिव ५ सय नेपाली सेना र ३ हजार ४० राष्ट्रसेवक कर्मचारीलाई खटाईएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
बाँकेका सबै मतदान केन्द्रमा विहान ७ बजेदेखि नै मतदान गर्न पाउने गरी व्यवस्था मिलाईएको बाँकेका मुख्य निर्वाचन अधिकृत महरले जानकारी दिए ।