नेपालमा थप १७ जना कोरोना संक्रमित भेटिए

२४ बैशाख २०७७, बुधबार १७:१९
 

सदरलाइनडटकम,
काठमाण्डौ : नेपालमा एकैपटक १७ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । पर्साको वीरगञ्जका थप १७ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधवार आयोजित नियमित पत्रकार सम्मेलनमा सबै १७ जना पर्साका रहेको बताए । देवकोटाले कोरोना पुष्टि भएकाहरुमा २ महिनादेखि ६६ वर्षकासमेत रहेको जानकारी दिएका छन् ।
डा. देवकोटाका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट १० जना पुरुष र ७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । उनका अनुसार हालसम्म २२ जना कोरोना संक्रमित निको भएका छन् । पछिल्लो पटक विराटनगरबाट ६ जना भारतीय जमातीहरु निको भएर बुधवार डिस्चार्ज भएका छन् ।

Next Post

नेपालगञ्जका ३४ जनाको कोरोना रिपोर्ट निगेटिभ

२४ बैशाख २०७७, बुधबार १७:१९
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जमा कोरोना संक्रमितको सम्पर्कमा आएकाहरुको संकलन गरिएको स्वाबमध्ये ३४ जनाको रिर्पोट निगेटिभ आएको छ । मंगलवार नेपालगञ्ज वडा नं. ८ का ५४ जनाको संकलन गरिएको स्वाबमध्ये ३४ जनाको रिपोर्ट बुधवार निगेटिभ आएको हो । नेपालगञ्जमा ५४ जना, बर्दिया र मेडिकल कलेजबाट १२ गरी ६६ जनाको स्वाब भेरी […]