अन्धाधुन्ध गोली चल्दा अमेरिकामा एघारको मृत्यु

१८ जेष्ठ २०७६, शनिबार १४:०९
 

सदरलाइनडटकम,
काठमाण्डौ : अमेरिकाको भर्जिनियास्थित एक सरकारी भवनमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ । घटनामा अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ । भर्जिनियाबीच म्युनिसिपल सेन्टरको भवनमा अन्धाधुन्ध गोली प्रहार भएको हो । सोही कार्यालयमा लामो समयदेखि कार्यरत एक कर्मचारीले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
तर आक्रमणकारीको पहिचान खुलाइएको छैन । प्रहरीले गरेको जवाफी कारबाहीका क्रममा उनको पनि मृत्यु भएको बताइएको छ । आक्रमणकारीले प्रहार गरेको गोली लागेर एक सुरक्षाकर्मीसमेत गम्भीर घाइते भएका छन् । स्थानीय प्रहरी प्रमुख जेम्स सेर्वेराले अन्धाधुन्ध गोली चलाएको थाहा पाएर पुगेको प्रहरीमाथि पनि ती व्यक्तिले गोली चलाएको र जवाफी कारवाहीमा उनी मारिएको बताए ।
प्रहरीले घटनामा एक जनाको मात्रै संलग्नता रहेको जनाएको छ । आक्रमणकारीको उद्देश्य के थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अमेरिकामा यो वर्ष भएको यो १५० औँ गोलीकाण्ड हो ।
(एजेन्सी)

Next Post

नेपालगञ्जमा विपन्न मुस्लिम परिवारलाई खाद्यान्न वितरण

१८ जेष्ठ २०७६, शनिबार १४:०९
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेका अति विपन्न, गरिब तथा असहाय मुस्लिम परिवारलाई शनिवार खाद्यन्न वितरण गरिएको छ । कतार च्यारेटीको सहयोगमा बाँके युनेस्को क्लबले इस्लाम धर्मालम्बीहरुको महान चाड रमजान इदुलफित्र पर्व मनाउन सहयोग पुग्ने उद्देश्यले अति विपन्न ४ सय १० जना मुस्लिम परिवारलाई २५ किलो चामल र १ किलो खजुरी वितरण […]

सम्बन्धित