बागमती प्रदेश : एमाले मन्त्रीहरुले राजीनामा दिँदै

सदरलाइन संवाददाता २४ असार २०८१, आईतवार १६:४८
 

मकवानपुर : सत्ता समिकरणमा आएको फेरबदलका कारण नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । एमालेका मन्त्रीहरूले मुख्यमन्त्री शालिकराम जमकट्टेललाई समर्थन फिर्ता लिएको पत्र बुझाउने तयारी गरेका छन् ।


शुक्रबार नै प्रदेश सरकारबाट बाहिरिने तयारी गरेका एमालेका मन्त्रीहरुले मुख्यमन्त्री जम्कट्टेल काठमाडौँमा रहेका कारण राजीनामा बुझाउन पाएका थिएनन् ।

मुख्यमन्त्री जमकट्टेल आज हेटौंडा पुग्दैछन् । मुख्यमन्त्री आउनासाथ राजिनामा बुझाउने एमालेको तयारी छ । चैत्र १७ गते जमकट्टेल नेतृत्वको सरकारमा सहभागी भएको एमालेले पाँच वटा मन्त्रालय सम्हालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्ती नदीतटिय क्षेत्रका स्थानीयले भने : बाढी आउदा राहत होईन बस्ति नै सारिदेउ

२४ असार २०८१, आईतवार १६:४८
नेपालगञ्ज :  बाँकेमा राप्ती नदीका कारण बर्षेनी हुने बाढी र डुवानको समस्याबाट मुक्त बनाउने गरी ठोस योजना बनाउन राप्ती तटिय क्षेत्रका बासिन्दाको माग छ । उनीहरुले ले बाढीपछि राहत दिनु भन्दा पहिला नै बस्तिलाई सुरक्षित बनाउन वा अनेत्र सार्न माग गरेका हुन । बाँकेको राप्तीनदी तटीय क्षेत्रका बासिन्दाले वर्षेनी हुने […]