‘विपद् व्यवस्थापनमा सबैको सहयोग आवश्यक’

२ माघ २०७६, बिहीबार १७:१९
 

सदरलाइनडटकम,
बुटवल : प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले विपद् व्यवस्थापनलाई प्रभावकारीरुपमा अघि बढाउन सिंगो समाज तयार हुनुपर्ने बताए । विगतमा भूकम्पबाट पुगेको क्षति र त्यसपछिको पुनर्निर्माणका अनुभवबाट जोखिम न्यूनिकरणको दिशामा सरकार अघि बढिरहेको भन्दै उनले विपद् व्यवस्थापनलाई प्रभावकारीरुपमा अघि बढाउन सबै लाग्नुपर्ने बताए ।
२२औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा मुख्यमन्त्री पोखरेलले २०७२ सालको भूकम्प प्रभावित जनताका सुरक्षित आवास, विद्यालय, बस्ती हुँदै सुरक्षित मुलुक निर्माणको अभियानमा सरकार अग्रसर रहेको दाबी गरे ।
त्यस्तै मुख्यमन्त्री पोखरेलले सरकारले विपद् जोखिम न्युनिकरणका लागि बनाएका नीति, ऐन र कार्ययोजनालाई कार्यान्वयन गर्न नागरिक जागरुक हुनुपर्नेमा जोड दिए । विपद् जोखिम न्युनिकरणका लागि बनेका नीति, ऐन र कार्ययोजनालाई बाध्यात्मकरुपमा नबुझेर नागरिकको हितका लागि भन्ने बुझाई हुनुपर्ने उनको भनाई थियो ।

Next Post

डोजरको ठक्करबाट दाङमा बृद्धको मृत्यु

२ माघ २०७६, बिहीबार १७:१९
सदरलाइनडटकम, दाङ : डोजरले ठक्कर दिँदा दाङमा एक बृद्धको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिकाको पेदीखोलाबाट शान्तीनगरतर्फ आउँदै गरेको रा १ क ३१५ नम्वरको डोजरले बुधवार राती साढे नौ बजे सोही गाउँपालिका १ का ६६ बर्षीय लालबहादुर थापालाई ठक्कर दिएको थियो । डोजरले ठक्कर दिँदा टाउको र दाहिने हातमा गम्भीर […]