राप्तीनदीमा पानीको सतहले आठ मिटर पार गरी निरन्तर बढ्दै

सदरलाइन संवाददाता २३ असार २०८१, शनिबार २०:०४
 

नेपालगञ्ज :  राप्ती नदीमा जल सतह शनिबार साँझ ७ बजेसम्म खताराको बिन्दु भन्दा धेरै माथि पुग्दा बाँकेका दर्जनौ गाउ डुवानको जोखिममा परेका छन । नदी किनारका गाउमा उच्च सर्तकता अपनाउन आग्रह गरिएको छ ।

लगातारको वर्षातको कारण राप्तीसोनारी गाउँपालिका–१ कुसुमस्थित बाढी मापन केन्द्रमा शनिबार बिहान १०ः३० बजे ५ दशमलव ७५ मिटर रेकर्ड गरिएकोमा साँझ ७ बजे नदीको सतह ८ मिटर १० सेन्टिमिटर पुगेको गेजरिडर भद्रबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार यो बढ्दो क्रममा रहेको छ । नदीको सतह झन् झन् बढ्दै गएपछि राप्तीको तल्लो तटिय क्षेत्रका स्थानीय बासिन्दा जोखिममा परेका छन् ।


राप्ती सोनारी गाउँपालिका वडा नम्बर १का बाघखोर, चपरगौरी, चुनाह, सिक्टा डुवानमा परेको र त्यहाँका स्थानीयलाई सुररक्षित स्थानमा सार्ने तयारी भई रहेको वडा अध्यक्ष यामबहादुर खड्काले जानकारी दिए ।

यसैगरी सो बढीले डुडुवाको वडानं १ चौफेरीका गाउँमा बाढी पसेर केही घरमा क्षति पुर्याएपछि उनीहरुलाई सुरक्षति स्थानमा सार्ने काम भएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए । उहाँले राप्तीसोनारीका केही र डुडुवाका ५० परिवारलाई सुरक्षित स्थानमा सारिएको र डुडुवाका थप १०० परिवारलाई सार्ने तयारी गरिएको बताए ।

राप्तीनदीमा पानीको सतह ह्वात्तै बढेपछि सिक्टा सिचाई आयोजनाले बाँकेको अगैयास्थित ब्यारेजका १८ वटा ढोका सबै ढोका खोलिएका छन् ।
यसैबीच प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा निकाय, विपद व्यवस्थापन टिमले राप्ती नदीको कारण हुने संभावित खतराको निराकरण गर्नका लागि बाढी प्रभावित क्षेत्रको अवलोकन समेत गरेका छन् । बाँकेमा बाढी र डुवानको कारण समाचार तयार पार्दासम्म कुनै मानविय चौपाय क्षति भएको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बागमती प्रदेश : एमाले मन्त्रीहरुले राजीनामा दिँदै

२३ असार २०८१, शनिबार २०:०४
मकवानपुर : सत्ता समिकरणमा आएको फेरबदलका कारण नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । एमालेका मन्त्रीहरूले मुख्यमन्त्री शालिकराम जमकट्टेललाई समर्थन फिर्ता लिएको पत्र बुझाउने तयारी गरेका छन् । शुक्रबार नै प्रदेश सरकारबाट बाहिरिने तयारी गरेका एमालेका मन्त्रीहरुले मुख्यमन्त्री जम्कट्टेल काठमाडौँमा रहेका कारण राजीनामा बुझाउन पाएका […]

सम्बन्धित