बिरामी बालकको उपचार शुल्क मिनाहा

सदरलाइन संवाददाता २६ मंसिर २०७९, सोमबार १४:१०
 

कालीकोट : जिल्लाको पलाँता गाउँपालिकाद्वारा सञ्चालित अस्पतालमा उपचार खर्च तिर्न नसकेका एक बालकको शुल्क मिनाहा भएको छ ।

२० दिनसम्म उपचार गराइरहनुभएका पलाँता ६ का घाटे शाहीका छोरा वर्ष १३ का अशोक शाहीको ४० हजार रुपियाँ अस्पतालले निशुल्क गरेको हो । यसअघि शुल्क तिर्न नसक्दा अस्पतालले डिस्चार्ज गरेको थिएन ।

उपचार खर्च तिर्न नसक्दा अस्पतालमा बन्धक शीर्षकमा समाचार प्रकाशित भएपछि गाउँपालिकाको निर्देशनमा शुल्क मिनाहा गरिएको हो ।


गाउँपालिका अध्यक्ष विष्णुबहादुर रोकायाले शुल्क मिनाहा गर्ने निर्देशन दिएकाले अस्पताल प्रमुख डा. विजयकुमार महतोले सबै शुल्क छुट गरेको बताए ।

बिरामी बालककी आमा बेलपुरा शाहीले शुल्क मिनाहा भएकाले आफूलाई निकै सहज भएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लैंगिक समानता र रोजगारीमा पर्ने प्रभावबारे बर्दियामा संवाद

२६ मंसिर २०७९, सोमबार १४:१०
नेपालगञ्ज : बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दिया जिल्लाको गुलरियामा सेवा प्रदायक र सेवाग्राहीबीच आयोजना लैंगिक समानता र त्यसको रोजगारी सिर्जनामा पर्ने प्रभाव सम्बन्धी संवाद कार्यक्रमको आयोजना गरिएको छ । क्लबले सञ्चालन गरेको पर्ल परियोजनाअन्तर्गत आयोजना गरिएको सो संवाद कार्यक्रममा गुलरिया नगरपालिकाका प्रमुख सामाजिक विकास वरिष्ठ अधिकृत मुकुन्द […]

सम्बन्धित