आमाको नामबाट नागरिकता दिन सहमति

५ चैत्र २०७५, मंगलवार १६:५१
 

सदरलाइनडटकम,
काठमाण्डौ : प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा आमाको नाममा नागरिकता जारी गर्न अब बाबुको पहिचान अनिवार्य खुलाउन नपर्ने व्यवस्थामा सहमति भएको छ । सिंहदरबारमा मंगलवार बसेको समितिको बैठकमा नागरिकता विधेयकमाथिको छलफलमा सांसदहरु यस्तो सहमतिमा पुगेका हुन् ।
तर, बाबुको पहिचान हुन नसकेको व्यहोरा भने उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ । समितिको निर्णय संघीय संसदका दुवै सदनबाट पारित भए नागरिकता बनाउन जाँदा महिलाले बाबुको पहिचान हुन नसकेकोमात्र व्यहोरा जानकारी गराए पुग्छ ।


उपनाम पनि राख्न पाइने
बैठकमा नागरिकतामा उपनाम पनि राख्न पाइने विषयमासमेत सहमति भएको छ । नागरिकता विधेयकको दफा ५ मा नागरिकता लिँदा आफ्नो समुदायको थर वा उपनाम राख्न पाइने व्यवस्था गरिएको छ ।
नयाँ ऐनअनुसार नागरिकता लिने कुनैपनि समुदायको व्यक्तिले चाहेमा सम्बन्धित समुदायभित्रको थर वा कुनै उपनाम राखी तोकिएबमोजिम नागरिकताको प्रमाणपत्र लिनसक्ने विधेयकमा व्यवस्था गरिएको छ । बाबु–आमाले सन्तानलाई नागरिकता दिन आनाकानी गरेको पाइएकाले यस्तो व्यवस्था सुरु गरिएको समितिले जनाएको छ । सन्तानलाई नागरिकता दिलाउनु बाबु–आमाको दायित्व भएकाले यदि त्यसका लागि आनाकानी गरेको फेलापरे कारबाही गरिने समितिमा सहमति भएको छ ।
त्यस्तै, नागरिकता माग्न कुनै नागरिक सम्बन्धित अधिकारीसमक्ष पुगेको अवस्थामा इन्कार गर्न नपाउने व्यवस्थासमेत राखिने भएको छ । पछिल्लो समय आमाको नाममा नागरिकता दिन सर्वोच्च अदालतले फैसला गरेपनि जिल्ला प्रशासन कार्यालयले उपलब्ध नगराएको भन्दै विवाद भएको सन्दर्भमा समितिले यस्तो व्यवस्था ऐनमा राख्न प्रस्ताव गरेको हो । विधेयकले निश्चित् अवधिमा सन्तानलाई नागरिकता दिनुपर्ने व्यवस्थासमेत राख्ने सहमति गरेको छ ।

Next Post

पूर्व प्रहरी उपरीक्षक विष्टको बयान शुरु

५ चैत्र २०७५, मंगलवार १६:५१
सदरलाइनडटकम, कञ्चनपुर : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसुर र यातनाविरुद्धको कसुर मुद्दामा फरार रहेका पूर्व प्रहरी उपरीक्षक डिल्लीराज विष्टको प्रारम्भिक बयान शुरु भएको छ । मंगलवार निवेदनसहित अदालतमा उपस्थित भएका विष्टको प्रारम्भिक बयान जारी रहेको कञ्चनपुर जिल्ला अदालतका श्रेष्तेदार हरिकष्ण अवस्थीले बताए । दुईवटा […]