कोहलपुरमा वृक्षारोपण अभियान सुरु, करिव १० हजार विरुवा रोपिने लक्ष

सदरलाइन संवाददाता २२ असार २०८१, शुक्रबार १९:११
 

कोहलपुर (बाँके)  :  बाँकेको कोहलपुर नगरपालिकाले हरित पालिका बनाउने उद्देश्यले शुक्रबारदेखि वृक्षारोपण अभियान सुरु गरेको छ ।

कोहलपुर वसपार्क परिसरमा वृक्षारोपण गरेर यो वर्षको अभियान थालिएको हो । नगर प्रमुख पूर्णप्रसाद आचार्य,नगर उपप्रमुख संगिता सुवेदी र निवर्तमान नगर प्रमुख लुटबहादुर रावतले संयुक्त रुपमा वृक्षारोपण कार्यक्रमको सुभारम्भ गरेको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए ।

उनीहरुले स्वामीको विरुवा रोपेर अभियानको सुरुवात गरेका हुन् । चालू आर्थिक वर्ष २०८०/०८१ मा कोहलपुर क्षेत्रभित्र करिव १० हजार विरुवा रोप्ने उद्देश्यका साथ यो वर्षको अभियान सुरु गरिएको नगर प्रमुख आचार्यले जानकारी दिए ।

नगरक्षेत्रमै मात्र विभिन्न प्रजातिका पाँच हजार विरुवा रोप्ने योजना छ भने नगर बाहिरका विभिन्न वडाहरुमा थप पाँच हजार विरुवा रोप्ने योजना छ । कोहलपुर नगरपालिकालाई हरित नगरको रुपमा विकास गर्ने उद्देश्यले नगरपालिकाले नीतिगत रुपमै वृक्षारोपण कार्यक्रमलाई प्राथमिकता दिएको छ ।

कोहलपुर क्षेत्रमा बढ्तो तापमानलाई कम गर्नका लागि पनि वृक्षारोपण आवश्यक रहेको नगर प्रमुख आचार्यले बताए । ‘कोहलपुर नगरपालिकालाई हरित नगर बनाउँदै यसको सौन्दर्यता बढाउने कुरा त भइ नै हाल्यो तर पछिल्लो समय बढ्दो तापमानलाई समेत न्यूनीकरण गर्नका लागि पनि वृक्षारोपण अपरिहार्य आवश्यकता बन्यो नगर प्रमुख आचार्यले भने–‘वसपार्क क्षेत्रमा यसको आवश्यकता झनै देखियो । वरपर सबै कंक्रिट छ । कम्तिमा बोटविरुवा रोपियो भने शितलता प्रदान गर्नमा सघाउ पु¥याउने छ ।’


वसपार्क क्षेत्रमा मात्रै १६० बढी विभिन्न प्रजातिका विरुवा रोपिएको नगर प्रहरी प्रमुख थापाले बताए । स्वामी तीनवटा, कोनोकार्पस ५० वटा, छतिवन ४०, कल्की २०, कपुर ३०, निम १०, पारिजात २० र धुपीका १० वटा विरुवा रोपिएको नगर प्रहरी प्रमुख थापाले बताए । कोहलपुर नगरपालिकामा नगर प्रमुख आचार्य नेतृत्वको जनप्रतिनिधिको टिम आइसकेपछि कोहलपुरलाई हरित नगरको रुपमा विकास गर्ने विषय प्राथमिकतामा परेको छ ।

अहिले कोहलपुर–नेपालगन्ज सडक खण्डमा कोनोकार्पस र छतिवन प्रजातिका विरुवाहरु हुर्किरहेका छन् । कोहलपुर नगरपालिकाको हरित नगर बनाउने अभियानमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम र लुम्विनी प्रदेश वन मन्त्रालयले समेत सहयोग गरेको छ । यस्तै बोटविरुवा संरक्षणमा स्थानीयबासी, संघसंस्थाहरुले समेत महत्वपूर्ण योगदान गर्दै आएका छन् । ‘विरुवा रोप्ने मात्र ठूलो कुरा होइन त्यसको संरक्षण सबैभन्दा महत्वपूर्ण भाग हो ।

नगर प्रहरी तथा स्थानीय सरकारले मात्रै संरक्षण गर्न सक्दैन नगर प्रहरी प्रमुख थापाले भने–‘स्थानीयबासी, विभिन्न संघसंस्थाहरुले ट्रिगार्ड उपलब्ध गराएर विरुवा संरक्षणमा महत्वपूर्ण सहयोग गर्नुभएको छ ।’

शुक्रबारदेखि सुरु भएको वृक्षारोपण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, वडा नं.९ का वडाअध्यक्ष ओपेन्द्र नाथ योगी, वडा नं.१२ का वडाअध्यक्ष वीरेन्द्र कुमार शाह, जिल्ला ट्राफिक कार्यालय प्रमुख गोपिकृष्ण सुवेदी, कार्यपालिका सदस्यहरु, कर्मचारी, राजनीतिक दल, यातायात व्यवसायी, घरेलु महासंघ, होटल व्यवसायी, उद्योगी व्यवसायी, विभिन्न सामाजिक संघसंस्था, युवा क्लव, बाल क्लव, किशोरी क्लवलगायतको सहभागिता रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई एमालेले विश्वासको मत दिदै

२२ असार २०८१, शुक्रबार १९:११
धनुषा  :  मधेस प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंह नेतृत्वको सरकारलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले विश्वासको मत दिने भएको छ । एमाले मधेस प्रदेशसभाका प्रमुख सचेतक हरिनारायण महतोले जनमत पार्टीको नेतृत्वको सरकारलाई विश्वासको मत दिने जानकारी दिए । सिंहले भोलि शनिबार विहान ११ बजे प्रदेशसभा समक्ष विश्वासको मत लिने कार्यसूची रहेको […]