नेपालगञ्ज : बाँके प्रहरीले दुई बाबुछोराई प्रतिबन्धित लागू औषध ब्राउन सुगरको कारोबारको आरोपमा नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार २ ग्राम १ सय मिलिग्राम ब्राउन सुगर सहित नेपालगञ्ज–९ बाट २ जनालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले नेपालगञ्ज– ९ का ६१ बर्षिय गुन्नु कबडिया र १८ बर्षियको राहुल कबडिया रहेको बताए । एस्पी अधिकारीले उनीहरुको साथबाट स्रोत नखुलेको नगद ५ लाख १५ हजार ५सय रुपैयाँ समेत बरामद गरेको जानकारी दिए । प्रहरी नियन्त्रणमा रहेका कबडिया बाबु छोरा हुन ।
प्रहरीले सुराकीको आधारमा उनीहरुलाई सोमबार दिउसो सवा चार बजे लागु औषधको कारोवार गदै गर्दा वडा प्रहरी कार्यालय नेपालगञ्ज र लागु औषध नियन्त्रण व्युरो नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
प्रहरी प्रमु्ख अधिकारीले उनीहरुको साथमा रहेको २ थान मोवाईल समेत जफत गरि उनिहरुलाई आवश्यक कारवाही एंव अनुसन्धानका लागि अघि बढाईएको बताए । पक्राउ परेका कवडिया लागू औषधको मुद्दामा दाङ्गमा तारेखमा रहेको जानकारी प्राप्त भएको छ ।
यसैबीच जमुनाह प्रहरीले प्रतिबन्धित औषधि बोकेर भारतीय शहर रुपैडिहाबाट नेपालगञ्ज आउदै गरेका नेपालगञ्ज १ धम्बोझिका २९ वर्षिय सौगात शाहलाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको जनाएको छ । शाहको साथबाट ३ सय नाईट्रोभ्याट ट्याबलेट सहित जमुनाह प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरु माथि अनुसंधान सुरु गरेको जनाएको छ ।