मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई एमालेले विश्वासको मत दिदै

सदरलाइन संवाददाता २२ असार २०८१, शुक्रबार १९:१६
 

धनुषा  :  मधेस प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंह नेतृत्वको सरकारलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले विश्वासको मत दिने भएको छ ।

एमाले मधेस प्रदेशसभाका प्रमुख सचेतक हरिनारायण महतोले जनमत पार्टीको नेतृत्वको सरकारलाई विश्वासको मत दिने जानकारी दिए ।


सिंहले भोलि शनिबार विहान ११ बजे प्रदेशसभा समक्ष विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

मधेस प्रदेशमा जनमत नेतृत्वको सरकारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल संस्कृत विश्वविद्यालयको जग्गा विवाद २३ वर्षपछि सुल्झिदै

२२ असार २०८१, शुक्रबार १९:१६
दाङ, : नेपाल संस्कृत विश्वविद्यालयको जग्गा विवाद सुल्झिने भएको छ । नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले विश्वविद्यालयको जग्गा विवादबारे छानबिन गर्न समिति गठन गरेसँगै २३ वर्ष पुराना जग्गा विवाद सुल्झाउने बाटो खुलेको हो । दाङमा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयको जग्गाको सम्बन्धमा अध्ययन, अनुसन्धान गरी सरकारलाई प्रतिवेदन बुझाउन भन्दै पूर्व न्यायाधिश शेखर […]