ढाई सय अपांगता भएकालाई परिचयपत्र

२६ चैत्र २०७५, मंगलवार १७:५६
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : खजुरा गाउँपालिका क्षेत्रभित्रका २ सय ८० अपांगता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरिएको छ । वडा नं. १ मा २७ जना, २ मा ५८, वडा नं. ३ मा २४, वडा नं. ४ मा २४, वडा नं. ५ मा २६, वडा नं. ६ मा ३४, वडा नं. ७ मा ४७ र वडा नं. ८ मा ४० जनाले अपांगता परिचयपत्र लिएको खजुरा गाउँपालिलका महिला बालिबालिका तथा समाज कल्याण शाखा प्रमुख सुशीला न्यौपानेले जानकारी दिइन् ।
समाजमा विशेष क्षमता भएका व्यक्तिहरुले पाउने सेवा सहज र प्रभावकारी बनाउने उद्देश्यले खजुरा गाउँपालिकाले अपांगता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण शुरु गरेको हो । खजुरा गाउँपालिका वडा नं. ८ बाट शुरु भएको परिचयपत्र वितरण आज मंगलबार वडा नं. १ मा पुगेर टुंगिएको थियो । वडा वडामा पुगेर विगतमा वितरण गरिएका अपांगता परिचयपत्रलाई अध्यावधिक गर्दै नयाँ परिचयपत्र वितरण गरिएको थियो । खजुरा गाउँपालिलका महिला बालिबालिका तथा समाज कल्याण शाखाले आयोजना गरेको परिचयपत्र वितरण कार्यक्रममा जनप्रतिनिधि तथा कर्मचारी खटिएका थिए ।
यसका साथै वडामै डाक्टर पुगेर उनीहरुको चेकजाँच गरी क, ख, ग र घ वर्गमा वर्गीकरण गर्न सहज भएको थियो । अपांगता परिचयपत्र वितरण गर्दा ४ वर्गमा विभाजन गरिएको छ । प्रमुख न्यौपानेका अनुसार क वर्गलाई सरकारले मासिक २ हजार रुपैयाँ, ख वर्गमा पर्नेलाई ६ सय रुपैयाँ मासिक भत्ता उपलब्ध गराउँदै आएको छ भने ग र घ वर्गमा पर्ने विशेष क्षमता भएका व्यक्तिले अस्पताल, लाइन बस्दा, सार्वजनिक सवारी, लोकसेवा आयोग तथा अन्य आरक्षणमा सेवा पाउने गरेका छन् ।

Next Post

आठौँअन्तर्गत पुरुष हक्की भोलीबाट हुँदै

२६ चैत्र २०७५, मंगलवार १७:५६
सदरलाइनडटकम, नेपालगञ्ज : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत हक्की प्रतियोगिता २७ चैतदेखि नेपालगञ्जमा हुने भएको छ । नेपालगञ्जस्थित मंगलप्रसाद माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगिता विहान ७ बजे सुरु हुने भएको हो । आठौँ राष्ट्रिय प्रतियोगिताको हक्की पहिलो भएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । पुरुषतर्फको हक्की प्रतियोगितामा सात प्रदेश र […]