डुडुवा (बाँके) : बाँकेमा लामो समयको खडेरीका कारण अत्याधिक गर्मी बढेपछि बाँकेको डुडुवा गाउँपलिकाले शुक्रबारदेखि पाँच दिनसम्म पालिका अन्र्तगतका सबै शैक्षिक संस्था बन्द गरेको छ ।
विगत केही दिनदेखि बढेको अत्याधिक गर्मी, तातो हावा र ‘लू’का कारण जनजिवन कष्टकर बन्दै गएपछि गाउँपालिकाले जेठ १८ गतेदेखि जेठ २२ गतेसम्मका लागि सम्पुर्ण शैक्षिक संस्था बन्दको आवहान गरेको हो ।
![](https://sadarline.com/wp-content/uploads/2023/06/355735841_163168713323414_6806641009584846467_n.jpg)
![](https://sadarline.com/wp-content/uploads/2024/10/01-Dhara-gif-1140-x-90-1.gif)
पालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत अशोक कुमार पाण्डेले एक सूचना जारी गरि विद्यालयको प्रशासनिक कार्य बाहेक पठनपाठन बन्द गरेको जनाएका छन ।
उनका अनुसार अधिकाँश विद्यालय टिनको छाना भएको र गर्मी बढेर बालबालिकाहरुलाई प्रत्यक्ष असर पार्ने भएकाले हाललाई पाँच दिनसम्म पालिका अन्र्तगत रहेका सम्पूर्ण शैक्षिक संस्था बन्द गरिएको हो ।