सदरलाइनडटकम,
काठमाण्डौ : नायिका स्वस्तिमा खड्काले फिल्म ‘हजार जुनीसम्म’मा काम गर्ने भएकी छिन् । विकास आचार्यको निर्देशनमा बन्ने फिल्मका लागि स्वस्तिमा मुख्य भूमिकामा खेल्ने निश्चित् भएको आचार्यले बताए ।
स्वस्तिमाले फिल्ममको कथा मनपराएको बताउँदै आचार्यले औपचारिक सम्झौता हुन बाँकी रहेको जानकारी दिए । विकास आचार्यले निर्देशन गरेको फिल्म ‘नाई नभन्नु ल ५’मा पनि स्वस्तिमा मुख्य भूमिकामा थिइन् ।
‘हजार जुनीसम्म’ फिल्मका लागि नायकको खोजी भइरहेको उनले बताए । फिल्म युनिटका अनुसार उक्त फिल्ममा नयाँ कलाकार रहनेछन् । फिल्मका लागि नयाँ अनुहारको खोजी भइरहेको फिल्म सम्बद्ध पक्षले जानकारी दिएको छ ।
म्युजिकल लभ स्टोरी फिल्म ‘हजार जुनीसम्म’मा निर्देशक आचार्य र सामिप्यराज तिमल्सिनाको कथा तथा पटकथा रहने छ । तिहारपछि छायांकन शुरु गरिने फिल्मलाई बाल कलाकार अनुभव रेग्मीकी आमा कविता रेग्मीले निर्माण गर्न लागेकी हुन् ।
Next Post
सरसफाई उपभोक्ता समितिले बुझायो वडालाई ट्याक्टर
७ आश्विन २०७५, आईतवार १७:४४
सम्बन्धित
-
३० कार्तिक २०७६, शनिबार १३:०१
दाङबाट ठूलो परिमाणमा हतियार बरामद
-
११ बैशाख २०७६, बुधबार १८:५९
नेपालगञ्जमा सञ्चालित पूर्वाधार योजनाको अवलोकन
-
१४ भाद्र २०७८, सोमबार १४:०८
हाइटेन्सन लाइन विस्तारमा स्थानीयद्वारा विरोध
-
१४ जेष्ठ २०७६, मंगलवार १७:५४
मेलमिलापकर्तालाई पुनर्ताजकी तालिम
-
१५ श्रावण २०७७, बिहीबार २२:२३
एकल महिलाको आयआर्जनका लागि बाँके युनेस्कोद्वारा दुई लाख सहयोग
-
१८ कार्तिक २०८०, शनिबार १३:५३
घाइतेको उपचारका लागि कोहलपुरमा सरोकारवालाविच छलफल