नेपालगन्जको अभिभावकत्व ग्रहण गर्ने प्रचण्डको सशर्त उद्दघोष

८ असार २०७४, बिहीबार १५:४६
 

सदलाइनडटकम
८ असार, नेपालगन्ज : नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु नेपालगन्जको अभिभावकत्व ग्रहण गर्ने कुराको सशर्त उद्दघोष गरेका छन् । माओवादी केन्द्रले नेपालगन्जमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले सो उद्दघोष गरेका हुन ।
उनले भने–‘नेपाली काङ्ग्रेसका सभापति सुशील कोईरालाको निधनपछि नेपालगन्जबासीले राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने स्थानीय नेताको अभाव महसुश गरेको मैले पाए तपाईहरु निराश नहुनुहोस म नेपालगन्जबासीको अभिभावकत्वको ग्रहण गर्छु । तर तपाईहरुले मसंग सिधै सम्पर्कमा रहेका व्यक्ति दामोदर आचार्यलाई नेपालगन्जको मेयर बनाउनु होस ।’
उनले पार्टीको हेड क्वाटर संग सिघै सम्पर्क भएका व्यत्ति र आफ्नो निकट व्यक्तिको रुपमा रहेका माओवादी केन्द्रका तर्फबाट मेयरका उम्मेदवार आचार्यलाई विजय बनाए यहाँको चौतर्पिm विकास हुने र पार्टीको तर्फबाट यहाँको विकासको लागि आफुले लविङ्ग गर्ने दावी गरे ।
नेपालगन्जको समग्र विकासका लागि केही समयपछि महानगरपालिका बनाउन पहल गर्ने भन्दै उनले पर्यटनको विकासका लागि नेपालगन्ज बिमानस्थलको स्तरउन्नती गर्न आवश्यक भएको बताए । प्रतिपक्षी दल र नेपाली काङ्ग्रेसभित्रैबाट प्रधनमन्त्री पद नछोड्न आग्रह गरिएको प्रसंग उल्लेख गर्दै राजनीतिक संस्कार बसाल्न आफुले प्रधानमन्त्रीको पदबाट राजिनामा दिएको खुलासा गरे ।
‘नेपालमा यसअघि धेरै नेता र पार्टीबीच राजनीतिक सहमती भए तर कुनैपनि कार्यान्वयन भएनन राम्रो राजनीतिक संस्कार बसाल्न मैले आफैले प्रधानमन्त्री पद छोडेको हुँ’–उनले भने ।
उनले आफुले १० महिने प्रधानमन्त्रीकालमा दुई छिमेकीबीच राम्रो र सन्तुलित सौहार्दपूर्ण सम्बन्ध बनाउन सकेको, हिमाल, पहाड र तराई मिलेर निर्वाचनमा जाने अवस्था सिर्जना गरेको दावी गर्दै आप्mनै सरकारको पालमा लोडसेडिङ अन्त्य हुने अवस्थामा पुगेको र अबको १÷२ बर्षमा विद्युत बिक्रि गर्ने अवस्थामा मुलुक पुग्ने दाबी गरे । अध्यक्ष प्रचण्डले नेपालगन्ज प्रदेस नं. ५ को राजधानी हुन नसक्ने कुनै कारण नभएको बताउँदै नेपालगन्जबासीले पहल गरेमा आप्mनो पार्टीले सहयोग गर्ने बताए ।

दामोदर आचार्यका चुनावी प्रतिबद्धता

नेकपा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार दामोदर आचार्यले नेपालगन्जमा पार्टीले आयोजना गरेको चुनाी सभामा आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
उनलको प्यानलको तर्फबाट गरीएको प्रतिबद्धतामा उप–महानगरमा सुशासन कायम गर्ने, डुबान मुक्त बनाउने, सबै वडा कालोपत्रे सडक सञ्जालले जोड्ने, बिमानस्थल स्तरउन्नती गर्ने, विश्वविद्यालय स्थापना गर्ने, औद्योगिक क्षेत्र र बिशेष आर्थिक क्षेत्रमा जोड दिने, एक वडा एक उत्पादन कार्यक्रम ल्याउने लगायतका प्रतिवद्धता रहेका छन् ।
उनको प्रतिबद्धतामा पुराना गाविसमा सडक सञ्जाल जोडदै विकासको अनुभुति दिलाउने, टोल–टोलमा खानेपानीको टंकी, विद्यालय र प्रविधिक विद्यालयको विकास गर्ने लगायतका रहेका छन् ।


पार्टी प्रवेश

मशाल चुनाव चिन्ह प्रयोग गर्ने दाबी सहित नयाँ शक्ति पार्टीबाट नेपालगन्जको मेयरमा उम्मेदवारी दिएकी जयकुमारी खड्काको उम्मेदवारी निर्वाचन आयोगले बदर गरेपछि उनी माओवादी केन्द्रमा प्रवेश गरेकी छन । उनी लगायतका नवप्रवेशीलाई अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराएका थिए । नवप्रवेशी खड्काले आफ्नो उम्मेदवारीमा निर्वाचन आयोग र नायाशक्तिका नेता बाबुराम भट्टराईले मौन बसेको कारण पार्टी छाड्नु परेको बताएकी थिईन ।

प्रचण्डलाई २५ किलोको माला

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डलाई कार्यक्रममा सहभागी नेपालगन्ज उद्योग बाणिज्य सङ्घका अध्यक्ष नन्दलाल बैश्य लगायतले २५ किलोको माला पहि¥याएर स्वागत गरेका थिए । नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष बैश्यले सो सभालाई सम्बोधन गर्दै घुमाउरो पारमा दामोदर आचार्यको प्यानललाई मत मागेका थिए ।
नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष बैश्यले आफ्नो नेतृत्वमा माला लगाएको बताए पनि सो २५ किलोको मालाको बारेमा आफुलाई जानकारी नभएको दाबी गरे । व्यापार संघ अगाडि कार्यक्रम राखेको कारणले स्वागत गरेको दावी गरे पनि सोही ठाँउमा अन्य पार्टीले कार्यक्रम राख्दा वास्था नगरेको गुनासो आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आधारभूत तहका विद्यार्थीका लागि नेपालगन्जमा पढाई उत्सव तथा शैक्षिक प्रदर्शनी मेलाको आयोजना

८ असार २०७४, बिहीबार १५:४६
सदरलाइनडटकम ८ असार, नेपालगन्ज : सामुदायिक विद्यालय, गुम्बा, गुरुकुल र मदरसामा कक्षा १ देखि ५ सम्म अध्ययनरत बालबालिकाहरुको पढाई सीप विकासका साथै उनीहरुलाई पढाईतर्फ आकर्षित गराउने उदेश्यले नेपालगन्जमा पढाई उत्सव तथा शैक्षिक प्रदर्शनी मेलाको आयोजना गरिएको छ । जिल्ला शिक्षा कार्यालय बाँकेको समन्वयमा मंगलप्रसाद श्रोत केन्द्रको आयोजनामा बुधवार संचालन गरिएको […]