बाँके प्रहरीद्वारा मोटरसाईकल चोरी गर्ने गिरोह नियन्त्रणमा

सदरलाइन संवाददाता २९ बैशाख २०८१, शनिबार १८:५६
 

नेपालगञ्ज : बाँके प्रहरीले लामो समयदेखि मोटरसाइकल चोरी गर्ने गिरोहलाई नियन्त्रणमा लिन सफल भएको छ । नेपालगञ्ज र सो आसपासबाट केही समय यता मोटरसाइकलहरू चोरी हुन थालेपछि प्रहरीले विशेष टोली परिचालन गरी खोजी कार्य जारी राख्दा गिरोह नै नियन्त्रणमा लिन सफल भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक नारायण डाँगीले बाँके प्रहरीेले नेपालगञ्ज–१८ विशाल नगरबाट भे १ प ५९९३ नम्बरको पल्सर मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा बर्दियाको बढैयाताल गाउँपालिका–२ का निर्मल सुनारलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

उनले नेपालगञ्ज–१२ कोरियनपुरबाट चोरी भएको भे ३ प ६०८ नम्बरको स्प्लेन्डर मोटरसाइकललाई नेपालगञ्ज–१० गणेशमान चोक नजिक चलाइरहेको अवस्थामा बर्दिया गुलरिया नगरपालिका–६ का मनोज रावतलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको बताए ।


प्रहरीले जानकी गाउँपालिका–४ बाट भे १ प ३४४७ नम्बरको मोटरसाइकल चोरी गरेर लैजाँदै गरेको अवस्थामा खजुरा गाउँपालिका–७ का टुइन्क लस्टर श्रीवास्तव र सोही स्थानकै लक्ष्मण हरिजनलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता डिएसपी डाँगीले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय बाँकेले लु ३७ प ७७७ नम्बर (ईन्जिन नं जेऐ ०५ इसिइ ९ ऐम १२२८६ र चेसिस नं ऐमबिएलजेऐ ०५ इऐम १२९९२ को मोटरसाइकल फेला पारेको जनाएको छ । सो मोटरसाइकल धनी फेला नपरेकोले उक्त मोटरसाइकलको कागजपत्रसहित जिल्ला प्रहरी कार्यालय बाँकेमा आएर लैजान अनुरोध समेत गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी डाँगीले बताए ।

प्रहरी नायाव उपरिक्षक डाँगीले चोरीको मोटरसाईकल सहित प्रहरी नियन्त्रणमा परेका चारै जनालाई चोरी कसुरमा अनुसन्धान अगाडि बढाएको जानकारी दिए । प्रहरीले मोटरसाइकल चोरीमा संलग्न अरु मानिस र चोरीका थप मोटरसाइकल बारे पनि सोधपुछ र अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चित्रको माध्यमबाट सामाजिक घटनाहरु बाहिर ल्याउन कार्यशाला

२९ बैशाख २०८१, शनिबार १८:५६
बर्दिया : प्लान इन्टरनेशनल नेपालले समाजमा घट्ने सामाजिक अपराधहरु बालविवाह, घरेलु हिंसा जस्ता घटना चित्रकलाको माध्यमबाट कसरी उजागर गर्ने भन्ने विषयमा ३ दिने कार्यशाला बर्दियाको ठाकुरद्वारामा सम्पन्न गरेको छ । बर्दियाका ८ वटै पालिकाका २० जना बालिकालाई सामाजिक परिवेशलाई चित्रकलाको माध्यमबाट प्रस्तुति गर्दा सहज हुने तरिका सो अवसरमा सिकाईएको हो […]

सम्बन्धित