सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसरमा माता सरस्वतीको मूर्तिसहित मन्दिर स्थापना गरिएको छ । नवनिर्मित मन्दिरको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले मंगलवार उद्घाटन गरेका छन् ।
नेपालगञ्जका उद्योगपति राजेश नारायण श्रेष्ठ र उनकी धर्मपत्नि अञ्जिता श्रेष्ठले हजुरबुवा स्व. हरिबहादुर श्रेष्ठ र हजुरआमा स्व. हिरादेवी श्रेष्ठको स्मृतिमा बागदेवी सरस्वती माताको मुर्ति प्राणप्रतिष्ठासहित स्थापना गरि लोक कल्याणका लागि समर्पित गरेका हुन् ।
सरस्वतीको आकर्षक मुर्ति भारतको राजस्थानमा निर्माण गरिएको हो । धार्मिक कार्य भएका कारण मन्दिरको लागत श्रेष्ठले खुलाएका छैनन् ।
