तराई–मधेश समृद्धी कार्यक्रमका बारेमा स्थानीय तहलाई अभिमुखिकरण

२१ फाल्गुन २०७५, मंगलवार २१:१९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा बाँके बर्दिया र दाङ्गका स्थानीय तहका पदाधिकारीका लागि तराई–मधेश समृद्धी कार्यक्रमका बारेमा
एकदिने अभिमुखिकरण नेपालगञ्जमा सम्पन्न भएको छ ।
संघीय सांसद महेश्वर गहतराज अथकले उद्दघाटन गरेको सो कार्यक्रममा बाँके बर्दिया र दाङ्गसमेत तीन जिल्लाका स्थानीय तहका प्रमुख, तथा प्रशाशकिय अधिकृतहरुको सहभागिता रहेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सो कार्यक्रमका निर्देशक रामहरी शर्माले स्थानीय तहलाई तराई–मधेश सम्बृद्धि कार्यक्रमको अवधारका बारेमा जानकारी गराउनुको साथै वित्तिय अनुशासान, विकास अवधारणा, योजना अनुगमन र मुल्याङ्गनका बारेमा जानकारी गराईएको बताए ।
सो अवसरमा संघ र स्थानीय तह बीचको अन्तरसम्बन्ध तथा मौजुदा अभ्यासको बारेमा रहेका अन्यौलहरुका बारेमा छलफल हुनुको साथै कार्यक्रमको प्रभवाकारिताको बारेमा प्रस्ट पारिएको थियो ।
कार्यक्रम निर्देशक शर्माले सरकारको स्वामित्वमा सञ्चालन हुदै आएको यो कार्यक्रमले तराई–मधेशका जनाता र सरकारबीचको बिकासको पुलको रुपमा लिदै सिमान्तकृत तथा पछाडि पाएिकाहरुलाई रोजगारी तथा क्षमता विकासमा जोड दिदै एक वडादेखि अर्को वडासम्म जोड्ने बाटो निर्माण गर्ने जस्ता कार्यहरु रहेको बताए ।
पुरानो जिल्ला विकास समिति अन्तरगत सञ्चालनमा रहेको सिमा विकास कार्यक्रम जस्तै कार्यक्रम रहेको सोही कार्यक्रममा सहभागि रहेका बाँकेका पूर्व स्थानीय विकास अधिकारी तथा हाल नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत हरि प्याकुरेलले जानकारी दिए ।  

Next Post

दुई कर्मचारी रिश्वतसहित रंगेहात अख्तियारको नियन्त्रणमा

२१ फाल्गुन २०७५, मंगलवार २१:१९
सदरलाइनडटकम, नेपालगञ्ज : अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जले बाँकेका दुईवटा सरकारी कार्यालयमा छापा मारेर ८७ हजार रिश्वतसहित दुईजना कर्मचारीलाई नियन्त्रण लिएको छ । अख्तिायरका नेपालगञ्ज कार्यालयका प्रमुख गणेश गैरले बिशेष सुराकीले दिएको सुचनाको आधारमा गरिएको स्टींग अपरेशनबाट नेपालगञ्ज भन्सार कार्यालयका नासु लक्ष्मण चन्दसंग ५२ हजार र आयात […]