रोल्पा कारागारमा कैदी झुण्डिएको अवस्थामा फेला

सदरलाइन संवाददाता ५ जेष्ठ २०७९, बिहीबार १७:४३
 

नेपालगञ्ज : रोल्पा जिल्ला कारागारमा बुधवार राति एक पुरुष कैदी झुण्डिएको अवस्थामा भेटिएका छन् ।

सुर्खेतको बराहताल गाँउपालिका–१ घोडा आँखेका २७ वर्षीय विजयविक्रम शाह कारागारको शौचालयमा गलबन्दीको पासो लगाई झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयाका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिए ।


शौचालय बन्द रहेको जानकारी पाएपछि प्रहरीले ढोका फोरेको थियो । जिल्ला कारागारमा हाल महिला कैदी ११ र पुरुष कैदी ९६ रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गणतन्त्र दिवस ३ दिन मनाउने निर्णय

५ जेष्ठ २०७९, बिहीबार १७:४३
नेपालगञ्ज : सरकारले गणतन्त्र दिवस ३ दिन मनाउने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस–०७९ मुल समारोह समितिको बैठकले सो निर्णय गरेको हो । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले जेठ १४, १५ र १६ मा विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवश मनाउने निर्णय गरेको छ […]