मिलेमतोमा खानेपानीको ठेक्का दिएको आरोप

२० कार्तिक २०७६, बुधबार १८:०७
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नेपालगञ्जको टेण्डरमा निमार्ण व्यावसायी राघव शाहले गैरकानुनी रुपमा आफुलाई सहभागि हुन नदिएको आरोप लगाएका छन् ।
उनले प्रहरीसंग मिलेर आफुलाई फसाउने षडयन्त्र भएको आरोप लगाएका छन् । उनले बुधबार पत्रकार सम्मेलन गर्दै गत कात्तिक १४ गतेको अबैध हतियारको घटनामा आफुलाई अनावश्यक रुपमा मुछिएको बताए ।
केहि निर्माण व्यवसायीहरूको मिलोमतोमा आफुलाई खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नेपालगन्ज बाँकेको बोलपत्र आवह्नमा सहभागी हुनबाट रोकिएको उनले बताए ।
राजन निमार्ण सेवाका संचालक राघवले घटनाको बारेमा आवश्यक अनुसन्धान गरी घटनाका दोशीलाई कारबाही गरिनु पर्ने माग राख्दै भने, ‘खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नेपालगञ्ज बाँकेको बोलपत्र आह्वान सूचनाअनुसार दस्तुर तिरी गनापुरस्थित नमस्ते रिसोटमा छलफलका लागि बोलाइएको थियो । गएको केहि बेरमै इलाका प्रहरी कार्यालयका डिएसपीसहितको टोलीले पक्राउ ग¥यो । केहि निमार्ण कम्पनीहरूको मिलेमतोमा मलाई फसाउन खोजियो । कात्तिक १४ गते करिब साझ ७ः३० सामान्य सोधपुछ गर्न भनि मलाई लगियो तर कात्तिक १५ गते छोडियो । इमान्दारीपूर्वक काम गर्दा पनि विभिन्न षडयन्त्र रचि बोलपत्र दर्ताबाट वञ्चित गरी एकलौटी रूपमा सुशील कन्ट्रक्सनलाई दिइयो ।’
बोलपत्र आह्वानमा दाङ, बुटवल, नेपालगन्जलगायत करिब २५÷३० निमार्ण कम्पनीको जमघट रहेको शाहले बताए । २०७६ असोज ११ गते खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नेपागलन्जको डि बोरिङ बोलपत्र आह्वान सूचनाअनुसार बोलपत्र दस्तुर तीन हजारको दरका १५ वटा ४५ हजार रूपैयाँ तिरेर आफुले लिएको भए पनि पेश गर्न नपाएको गुनासो गरे ।
उनले कात्तिक १४ गते साँझ नेपालगन्ज–२० मनिकापुरमा रहेको नमस्ते रेष्टुरेन्टमा सोही टेण्डरको बारेमा छलफलको लागि निर्माण व्यवसायी संघ बाँकेका पूर्वअध्यक्ष कैलाश हमालले बोलाएर गएको बेलामा प्रहरीले निर्माण व्यावसायी तथा तरुणदल नेपालगन्जका सभापति संदिप जंग शाहलाई अबैध हतियार सहित नियन्त्रण लिदा आफुलाई पनि षडयन्त्र मुलक ढंगबाट प्रहरीले नियन्त्रणमा लिएको बताए ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नेपालगन्जले डिप बोरीङ्ग गर्ने प्रयोजनको लागि आव्हान गरेको ३०–३० लाख मुल्यका २२ वटा टेण्डर कात्तिक १५ गते खोलेको र सो टेण्डर सुशील कन्सट्रक्सनलाई परेको छ ।
निर्माण व्यावसायी शाहले कार्यालयले टेण्डर स्वीकृत गर्नको लागि आवश्यक प्रकृया समेत पुरा नगरी सुशील कन्सट्रक्सनले मात्र टेण्डर हाल्न लगाई स्वीकृत गर्नुले नै मिलेमतो देखिएकोले त्यो रद्दगरी पुन : टेण्डर गर्नुपर्ने माग गरे । उनले सो छलफलको आयोजना पनि सुशील कन्सट्रक्सनका सुशील जलानले आयोजना गरेको जानकारी दिए ।
उनले भने–‘१५ वटा टेण्डर फारम लिएको मलाई अनावश्यक प्रहरीलाई गिरफतार गर्न लगाईयो र अरु १४ जनाले भरेको टेण्डर फारम कुनै प्रकृया नै पुरा नगरी फिर्ता लिन लगाई एक्लो सुशील कन्सट्रक्सनलाई मात्र दिनुले सरासर मिलेमतो रहेको देखिन्छ त्यसैले त्यो टेण्डर रद्दगरी पुनः ईबिडिङ्गमार्फत टेण्डर आव्हान गरिनु पर्छ ।’
टेण्डर कै विषयमा आयोजना गरिएको छलफलमा आफु तरुणदलका नेता संदिप बसेको टेबलमा बसेकै आधारमा प्रहरीले नियन्त्रणमा लिएर १५ गते साँझ ४ बजेमात्र छाडेकोले टेण्डर जम्मा गर्न नपाएको उनको भनाई छ । संदिपको कारबाट प्रहरीले अबैध हतियार बरामद गरेको थियो ।
निर्माण व्यावसायी संघ बाँकेका अध्यक्ष टेकबहादुर खड्काले निर्माण व्यावसायीलाई स्वाच्छ प्रतिश्पर्दा गर्नको लागि ईबिडिङ्गको व्यवस्था हुँदा हुँदै पनि कार्यालयको तर्फबाट सो नगरिएको देखिएकोले मिलेमतोको शंकागर्ने आधारहरु प्रसस्त रहेको बताए ।
याता कार्यालयका डिभिजिनल प्रमुख भोला थापाले थोरै रकमको बोलपत्र भएको कारण ईबिडिङ्ग नगरिएको बताए । उनले बोलपत्रको सूचना रितपूर्वक आव्हान गर्दा पनि प्रतिश्पर्दामा नै कोही नआएकोले सुशील कन्सट्रक्सनलाई परेको बताए । उनले सुशील कन्सट्रक्सनसहीत अर्को पनि निर्माण व्यावसायी फर्म भएको कारण आफुहरुले खरिद ऐन नियम पुराएर टेण्डर खोलिएको दाबी गरे ।

Next Post

शनिबार नेपालगञ्जमा निशुल्क डायबिटिज शिविर गर्दै लायन्स

२० कार्तिक २०७६, बुधबार १८:०७
सदरलाइनडटकम, नेपालगञ्ज : आगमी २३ गते शनिबार लायन्स क्लव ईन्टरनेशनल डिस्टिक ३२५ बि–२ अन्तरगत क्षेत्र नं. ६ का सबै लायन्सहरुको सक्रियतामा नेपालगञ्जमा एक दिने निशुल्क डयबेटिज (सुगर) चेक जाँच शिविरको आयोजना गरिने भएको छ । क्लवका बरिष्ठ सल्लाहकार लायन ज्ञानेन्द्र श्रेष्ठले दिएको जानकारी अनुसार आगामी १४ नोभेम्बर विश्व मधुमेद दिवसको […]