नागढुंङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङको ‘ब्रेक थ्रु’ हुँदै

सदरलाइन संवाददाता ३ बैशाख २०८१, सोमबार १०:१९
 

काठमाडौँ :  नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज सोमबार ‘ब्रेक थ्रु’ हुने भएको छ । सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिउँसो १ बजे सहभागी हुने जनाइएको छ ।

चन्द्रागिरी नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार छ सय ६७ मिटर रहेको छ । आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउनमै ब्रेक थ्रु भइसकेको छ ।

आयोजना पूर्ण निर्माण सम्पन्न भएर सवारी साधन चल्ने अवस्थासम्म पुग्नका लागि भने अझै केही समय लाग्ने जनाइएको छ ।


आयोजना निर्माणको सुरुआती सम्झौताअनुसार काम सुरु भएको ४२ महिनाभित्र अर्थात् गत वर्ष वैशाख मै निर्माण सम्पन्न भइसक्नुपथ्र्यो । आयोजनामा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल (ब्रिज) र एउटा फ्लाइओभर रहेका छन् ।

बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन अवस्थामा रहेको छ । त्यस्तै, सुरुङभित्रको सडक ढलान, बत्ती जडान (लाइटिङ), अक्सिजन पाइप जडान (भेन्टिलेसन)लगायतका काम बाँकी रहेको आयोजनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारत सरकारद्वारा ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस प्रदान

३ बैशाख २०८१, सोमबार १०:१९
काठमाडौँ :  भारत सरकारले भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसर पारेर नेपालका विभिन्न जिल्लाहरुका लागि ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस उपाहार सरुप प्रदान गरेको छ । भारतीय राजदूतावास, काठमाडौंले एक कार्यक्रममा बीच नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुलाई ३५ वटा […]