नेपालगञ्जको विपी चोकस्थित आगलागी, दुई पसल जले

सदरलाइन संवाददाता ९ कार्तिक २०७९, बुधबार १४:१५
 

नेपालगञ्ज : नेपालगञ्जमा मंगलवार राती आगलागी भएको छ । विपी चोक नजिकै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ स्थित जनता ट्रेडर्स र समा फर्निचरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

घर्तीका अनुसार आगलागीबाट जनता ट्रेडर्सको गोदाममा रहेको सिरक डसना तथा समा फर्निचरको गोदामा रहेका फर्निचरमा क्षति पुगेको छ । जनता ट्रेडर्समा बढी क्षती भएको घर्तीले बताए । राती ९ बजेतिर शुरु भएको आगो मध्यराती करिब १२ बजे नियन्त्रणमा आएको घर्तीले बताए ।


जिल्ला प्रहरी कार्यालय, नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाको दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा करिब तीन घण्टापछि आगो नियन्त्रणमा लिइएको हो । आगलागीको कारण र क्षतिको विवरण एकिन हुन नसकेको प्रबक्ता घर्तीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बुधवार गोवर्धन, बली, गोरु र कृषकको पूजा गरिँदै

९ कार्तिक २०७९, बुधबार १४:१५
नेपालगञ्ज : कात्तिक शुक्ल प्रतिपदाका दिन बुधवार गोवर्धन, बली, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापरयुगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा […]