एल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनाग्रस्त, यात्रुको अवस्था अज्ञात

२३ भाद्र २०७५, शनिबार १५:००
 

सदरलाइनडटकम,
काठमाण्डौ : शनिवार विहान सम्पर्कविहीन भएको अल्टिच्यूड एयरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । नुवाकोट र धादिङ सीमानास्थित मेघाङको जंगलमा हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको एल्टिच्युड एयरका सञ्चालक फुर्बा शेर्पाले बताए ।
हेलिकप्टरमा पाइलट निश्चल केसीसहित सात जना सवार थिए । हेलिकोप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु , रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–२ का ल्हो आनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ सवार रहेको प्रहरीले बताएको छ ।
उद्धारका लागि काठमाण्डौबाट गएको नेपाली सेनाको एक र निजी वायु सेवा कम्पनीको चार हेलिकप्टर घना जंगल र प्रतिकुल मौसमका कारण अवतरण गर्न नसक्दा काठमाडौँ फर्किएका छन् ।
गोरखाको सामागाउँबाट काठमाण्डौका लागि उडेको ९ एनएएलएच कलसाइनको क्याप्टेन निश्चल केसीले उडाएका उक्त हेलिकप्टर विहन ८ बजेर १८ मिनटमा काठमाण्डौमा अवतरण गर्ने तालिका थियो । त्यसमा सवार यात्रुहरुको अवस्था अहिलसम्म अज्ञात रहेको छ ।

Next Post

विभिन्न कार्यक्रम गरी बाँकेमा मनाइयो शिक्षा दिवस

२३ भाद्र २०७५, शनिबार १५:००
सदरलाइनडटकम, नेपालगन्ज : ‘समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पूर्वाधार’ भन्ने नारासहित शनिवार ३९ औँ राष्ट्रिय शिक्षा दिवस तथा ५२औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको छ । दिवसका अवसरमा बाँकेमा पनि विभिन्न कार्यक्रम गरिएका छन् । दिवसका अवसरमा डुडुवा गाउँपालिकाअन्तर्गतका सबै विद्यालयमा बृक्षारोपण गरिएको छ । […]

ताजा अपडेट