भुकम्प प्रतिरोधी प्रविधीयुक्त घर निर्माणका लागि डकर्मीलाई सात दिने तालिम

१८ माघ २०७४, बिहीबार १८:१०
 

सदरलाइनडटकम  
१८ माघ, नेपालगन्ज : भुकम्प प्रतिरोधी प्रविधीयुक्त घर निर्माण गर्ने उदेश्यका साथ नेपालगन्ज उप–महानगरपालिकाले ७ दिने डकर्मी तालिम सञ्चालन गरेको छ । एनसेटको प्राविधिक तथा साझेदारी विकास परियोजनाको आर्थिक सहयोगमा दक्ष डकर्मी उत्पादनका लागि बुधबारदेखि तालिम शुरु गरिएको हो ।
भुकम्प प्रतिरोधी प्रविधीयुक्त घर निर्माण गर्ने तरिका सिक्नको लागि नगरका २८ जना डकर्मी (मिस्त्री) सो तालिममा सहभागि भएको उप–महानगरका सिभिल इन्जिनियर सुरज शर्माले जानकारी दिए । तलिममा सहभागिलाई प्राविधिक लगायतका विषयमा सिकाइने गरिएको छ ।
भवन आचारसहिंता, घर÷भवनको ढाँचा, पिलर, विम, वाल निर्माण, सरिया जडान र सिमेन्टको प्रयोग लगायतका प्रविधि बारे दिक्षीत गरिन लागिएको उप–महानगरपालिकाका सिभिल इञ्जिनियर शर्माले बताए । तालिमले भवन मापदण्ड अनुसारका घर, भवन निर्माण हुनुका साथै जनधनको सुरक्षामा मद्यत पुग्ने विश्वास गरिएको छ ।

Next Post

वडा सदस्य आइती नेपालीको मृत्यु

१८ माघ २०७४, बिहीबार १८:१०
सदरलाइनडटकम  १८ माघ, नेपालगन्ज :  नेपालगन्ज उप–महानगरपालिका वडा नम्वर ७ का वडा सदस्य आइती नेपालीको निधन भएको छ । ४२ वर्षिया नेपालीको बुधबारविहान २ वजे वडा नम्वर ७ आफ्नै निवासमा निधन भएको हो । गत २० दिनदेखि अस्वस्थ नेपालीको लखनउनस्थित उपचार सम्भव नभएपछि बुधबार साँझ घर पु¥याइएको थियो । नेकपा […]

सम्बन्धित