आफ्नो कार्यकाल मिडियामैत्री बनाउने उपरिक्षक कार्कीको उद्घोष

सदरलाइन संवाददाता २ बैशाख २०८१, आईतवार १४:४७
 

नेपालगञ्ज : बाँके प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक तुलबहादुर कार्कीले आफ्नो कार्यकाल मिडियामैत्री हुने प्रतिबद्धता जनाएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरिक्षक कार्कीले सो प्रतिबद्धता जनाएका हुन ।

उनले भने–‘ मेरो कार्यकाल मिडीया मैत्री बनाउने प्रतिबद्धता ब्यक्त गर्छु । प्रहरीसँग भएका सबै सूचना अनुसन्धानमा प्रभाव नपार्ने गरी उपलब्ध गराउने छु ।’ उनले सूचनाको सुरक्षा गर्न पत्रकारहरुलाई आग्रह समेत गरे । अपराध नियन्त्रणमा शुन्य सहनशिलता अवलम्बन गर्ने दृढता ब्यक्त गर्दै प्रहरी उपरिक्षक कार्कीले प्रहरी संगठनलाई पूर्ण व्यवसायिक बनाइने बताए ।


यसैबीच बाँके प्रहरीले चालु आर्थिक वर्षको ८ महिनामा जघन्य प्रकृतिका ६४ मुद्दामा ५४ वटा मुद्दाको फच्र्यौट गरेको जनाएको छ । बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले कर्तव्य ज्यान मुद्दामा ८ मुद्दा दर्ता भएकोमा ६ वटा फच्र्यौट भएको, मानव वेचविखन तथा ओसारपसारमा ९ मुद्दा दर्ता भएकोमा ८ वटा फच्र्यौट भएको, डाँका चोरीमा ५ मुद्दा दर्ता भएकोमा ३ फच्र्यौट भएको जानकारी दिए ।

त्यसैगरी बाँकेमा जबरजस्ती करणीमा ४२ मुद्दा दर्ता भएकोमा ३७ मुद्दा फच्र्यौट भएको साईबर अपराध सम्बन्धी उजुरीमा ९८ वटा मुद्दा दर्ता भएकोमा ७ वटा मुद्दा मात्र फच्र्यौट भएको छ भने ७८ वटा मुद्दा तालुक कार्यालयमा पठाइएको छ ।

जिल्लामा चैत्र मसान्तसम्ममा १ हजार ८६ मुद्दा दर्ता भएकोमा सोही अवधिमा अनुसन्धानका लागि ५ हजार ८१ जनालाई नियन्त्रणमा लिएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक डाँगीले बताए । प्रहरीले फैसला कायान्यन तर्फ २ सय ३२ जनालाई पक्राउ गरि अदालतमा बुझाएको र २३ लाख ४७ हजार जरिवाना असुल गरेको प्रहरीले जनाएको छ । सो अवसरमा उपस्थित पत्रकारहरुले प्रहरीलाई व्यवसायिक बन्न र समयमा सूचना उपलब्ध गराउन आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आर्थिक चलखेलमा विद्यालय सञ्चालन र स्थानन्तरण अनुमति, व्यापक आलोचना

२ बैशाख २०८१, आईतवार १४:४७
कोहलपुर (बाँके) : कोहलपुरमा नगर शिक्षा शाखाले आफैले जारी गरेको शिक्षा कार्यविधिको बरखिलाप हुने गरी निजी तथा संस्थागत विद्यालयलाई सञ्चालन तथा ठाउँसारीको अनुमति दिएको पाइएको छ । नगर शिक्षा शाखाले नेपालगञ्ज–१२ मा दर्ता भई करिव १० वर्षदेखि झोलामा सञ्चालनमा रहेको ब्राईट फ्युचर एकेडमीलाई नाम परिवर्तनसहित कोहलपुर नगरभित्र सञ्चालन गर्न पाउने […]