रोल्पामा एक युवती मृत फेला

सदरलाइन संवाददाता ८ असार २०७९, बुधबार १५:२७
 

नेपालगञ्ज : रोल्पामा एक युवती मृतावस्थामा फेलापरेकी छन् । मृत फेला पर्नेमा रुन्टीगढी गाउँपालिका–५, छिन्नेटाकी १७ वर्षीया कृष्णी विक रहेकी छन् ।

विक सुतेको कोठामा सर्प समेत फेलापरेकाले सर्पले डसेको हुन सक्ने आशंका गरिएको छ । मृतकको शव परीक्षणको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

विक घरेलु तथा साना उद्योग विकास कार्यालयले सदरमुकाम लिवाङमा सञ्चालन गरेको ब्युटीपार्लर तालिममा सहभागी थिइन् । उनी कार्यालयको होस्टेलमा बस्दै आएकी थिइन् ।

Leave a Reply

Your email address will not be published.

Next Post

राज्यमन्त्री वली प्रकरण : प्रदेश सरकारको छानविन समिति दाङमा

८ असार २०७९, बुधबार १५:२७
दाङ : लुम्बिनी प्रदेश स्वास्थ्य तथा परिवार कल्यान राज्यमन्त्री विमला कुमारी खत्री वलीले सर्वसाधारणको घरमा गएर कुटपिट गरेको घटनाका सम्बन्धमा छानविन गर्न प्रदेश सकारको छानविन समितिको टोली दाङ आएको छ । घटनाबारे छानबिन गर्न बनको समितिको संयोजक आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा, महिला, बालवालिका तथा कानुनमन्त्री रमा घर्ती, […]