सदरलाइनडटकम
१२ चैत, नेपालगन्ज : आधारभुत तह उतिर्ण परिक्षा सोमबारदेखि नेपालगन्जमा भएको छ । नेपालगन्ज उप–महानगरपालिका अन्तर्गत पहिलो पटक जारी कक्षा ८ को आधारभुत तह उतिर्ण परिक्षासँगै माध्यमिक शिक्षा परीक्षा (एसइई) भइरहेको केन्द्रहरुको पनि निरिक्षण गरिएको हो ।
एसईको परिक्षा ८ गतेबाट नै शुरु भएपनि कक्षा ८ को भने विहान ८ वजेदेखि शुरु भएको छ । आधारभुत तह उतिर्ण परीक्षा सञ्चालनका लागि नगरमा तोकिएका १० वटा केन्द्र मध्ये अधिकांस परीक्षा केन्द्रको सोमबार उप–महानगरपालिकाको एक टोलीले निरिक्षण गरेको हो ।
उप–महानगरपालिकाका उपप्रमुख उमा थापामगर, उप–महानगरपालिकाका नगर शिक्षा अधिकारी इश्वर पौडेलसहितको टोलीले विहान केन्द्रको निरिक्षण गरेको थियो ।
नगर शिक्षा अधिकारी पौडेलका अनुसार नगरका १० वटा केन्द्रमा सरकारी ९ सय ६३, नीजी १ हजार ६ सय गरि दुई हजार पाँच ६३ विद्यार्थी आधारभुत तह परिक्षामा सहभागी भएका छन् ।
मर्यादित तथा व्यवस्थित रुपमा परीक्षा सञ्चालन गर्न सुरक्षा, सुविधा तथा अन्य संवेदनशिलतालाई ख्याल गरी परीक्षा केन्द्र तोकिएको नगर शिक्षा अधिकारी पौडेलको भनाई थियो ।
निरिक्षण पछि परिक्षा मर्यादित तरिकाबाट सञ्चालन भइरहेको पाइएको बताउँदै उपमहानगरपालिकाका उपप्रमुख थापामगरले समन्वय र सहकार्यका साथ जिम्मेवारी निर्वाह गर्न पनि सम्वद्धमा आग्रह गरिन ।