सदरलाइनडटकम
१७ बैशाख, नेपालगन्ज : बाँकेको खजुरामा विद्यालय स्तरिय छात्रा कवडी प्रतियोगिता शुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको सहयोग तथा ज्ञानोदय उच्च माविको आयोजनामा भएको प्रतियोगितामा ६ विद्यालयको सहभागिता रहेको छ ।
सोमवार भएको पहिलो खेलमा ईश्वरी मावि एफ गाँउले सनविम मावि नेपालगन्जलाई पराजित गरेको छ भने दोस्रो खेलमा भुपू मावि सैनिकले अम्मर मावि गौतमबस्ती सितपुर २ लाई पराजित गरेको छ । कार्यक्रममा प्रमुख अतिथि मध्यपश्चिम खेलकुद विकास समिसितका अध्यक्ष भिम ओली,खजुरा गाउँ पलिका प्रमुख किस्मत कुमार कक्षपती जिल्ला खेलकुद विकास समिति बाँकेका अध्यक्ष आंतक बस्नेत लगायतको सहभागिता रहेको जिल्ला खेलकुद विकास समितिका सदस्य सुमन बस्नेतले जानकारी दिनुभयो । प्रतियोगिता मंगलवार सम्म संन्चालन हुनेछ ।
