सातदोबाटोमा तेक्वान्दो एकेडेमीको उद्घाटन

२३ जेष्ठ २०७६, बिहीबार १७:४६
 

सदरलाइनडटकम,
काठमाडौं : सातदोबाटोमा निर्मित नेपाल तेक्वान्दो एकेडेमी भवनको बिहीबार उद्घाटन गरिएको छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले एकेडेमीको एक कार्यक्रमबीच उद्घाटन गरेका हुन ।
८ करोड ७६ लाख २२ हजार ४ सय ३१ रुपैयाँ लागतमा निर्मित एकेडेमी ४ तलाको छ । एकेडेमीमा कक्षा कोठा, कार्यालय कक्ष, तालिम हल, प्रतियोगिता हल, चेन्जिङ रुम, भीआईपी प्यारापिट, साधारण प्यारापिटलगायत छन् । भीआईपी प्यारापिट ३० जना तथा साधारण प्यारापिट ५ सय जना अटाउने क्षमताको छ । ए
केडेमी निर्माण गर्न करिब ४ वर्ष ६ महिना लागेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत पूर्वाधार निर्माण तथा मर्मत शाखाका इन्जिनियर राजु श्रेष्ठले जानकारी दिए ।
नेपाल सरकार मार्फत राष्ट्रिय खेलकुद परिषद्को लगानीमा एकेडेमी निर्माण गरिएको हो । अघिल्लो दिन बुधबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हाता भित्र निर्मित कराते एकेडेमीको पनि खेलकुद मन्त्री विश्वकर्माले उद्घाटन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विश्वकर्माले तेक्वान्दोले गर्व गर्न लायक पूर्वाधार पाएको बताउदै नेपाली खेलकुदले अझै पनि पर्याप्त भौतिक संरचना नपाइरहेको अवस्था रहेको बताए ।
राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले आठौं सागमा नेपालले हासिल गरेको उपलब्धीलाई दोहो¥याउन एकेडेमी महत्वपूर्ण साबित हुने विश्वास व्यक्त गरे ।
राखेपका सदस्य–सचिव केशवकुमार विष्टले एकेडेमी तेक्वान्दोको गुरुकुलका रुपमा स्थापित हुने विश्वास व्यक्त गर्दै प्राथमिकतामा परेका सबै खेलको एकेडेमी निर्माण गर्ने योजना रहेको बताए । उनले एकेडेमीबाट थुप्रै दीपक विष्ट र संगीना वैद्य जस्ता खेलाडी उत्पादान हुन सकुन् भनी कामना गर्दै एकेडेमी चाँडै नै नेपाल तेक्वान्दो संघलाई हस्तान्तरण गरिने बताए ।
तेक्वान्दो संघका सचिव समेत रहेका सागका कीर्तिमानी ४ स्वर्ण विजेता दीपक विष्टले एकेडेमी निर्माण गरिदिएकोमा नेपाल सरकार र राखेपलाई धन्यवाद दिदै नेपाली तेक्वान्दोले रचेको इतिहासलाई नयाँ पीढीले दोहो¥याउने विश्वास व्यक्त गरे ।
सो अवसरमा नेपाल तेक्वान्दो संघले नेपाली खेलकुदको विकास र विस्तारमा योगदान पु¥याएवापत खेलकुद मन्त्री विश्वकर्मा र सदस्य–सचिव विष्टलाई दोसल्ला ओढेयाउनुका साथै सम्मान पत्र प्रदान गरी सम्मान गरेको थियो ।

Next Post

दाङमा ठूला योजना आउँदै : मन्त्री मगर

२३ जेष्ठ २०७६, बिहीबार १७:४६
सदरलाइनडटकम, दाङ : खानेपानी मन्त्री बिना मगरले दाङको खानेपानीको समस्या समाधानका लागि बैकल्पिक बाटो अपनाईने बताएकी छन् । दाङ तुलसीपुरमा बिहीवारदेखि शुरु भएको दुईदिने खानेपानी आयोजना सञ्चालन, ब्यवस्थापन तथा सुरक्षा योजना सम्बन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले यस्तो बताईन् । बबईको पानी लिफ्टिङ, पातुखोलामा हाईड्याम निर्माण गरेर दाङको खानेपानीको […]