जेब्रा क्रसिङ र पार्किङबारे नेपालगञ्जमा जनचेतना

१५ बैशाख २०७६, आईतवार १५:२८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : ट्राफिक प्रहरीले आइतवार विहान नेपालगञ्जमा जेब्रा क्रसिङ र पार्किङको बारेमा जानकारी गराएको छ । ‘सवारी दुर्घटना न्यूनीकरणका लागि ठाउँको ठाउँ सुधार’ भन्ने नारासहित शनिवारदेखि ट्राफिक सप्ताह शुरु भएसँगै यी कार्यको शुरुवात गरेको हो । ट्राफिक प्रहरीले आइतवार विहान नेपालगञ्जको धम्बोझी चोकमा मोटरसाइकल कसरी पार्किङ गर्ने बारेमा सम्बन्धित सवारीधनीहरुलाई सम्झाई बुझाई गरेको छ ।
पार्किङस्थल निर्माण गरिसक्दा पनि आम नागरिकमा पार्किङ कसरी गर्ने भन्ने बारेमा अझै ज्ञान नभएको हुँदा यो कार्य गरिएको नेपालगञ्ज ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक भिमराज ओलीले बताए । त्यस्तै सवारी चाप र बढीरहेको दुर्घटनालाई नियन्त्रण गर्न नेपालगञ्जमा ठाँउ ठाँउमा जेब्रा क्रसिङ समेत बनाइएको छ । तर पनि बटुवाहरुलाइ जेब्रा क्रसिङबाट कसरी सडक पार गर्ने भनेर नेपालगन्जको पुष्पलाल चोकमा सिकाइएको छ ।
नेपालगञ्ज बसपार्क ट्राफिक इकाईले आइतवार बिहान सयौं बटुवाहरुलाई कसरी सडक पार गर्ने र जेब्रा क्रसिङ भन्ने बारेमा जनचेतना दिएको प्रहरी सहायक निरीक्षक पदम शाहीले बताए । ट्राफिक सप्ताह शुरु भएसँगै आगामी शनिवारसम्म यस्ता कार्यलाई निरन्तरता दिने र सम्बन्धित सबैलाई सम्झाउने कार्यक्रम रहेको बाँके जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले बताए ।
निरीक्षक रोकायाका अनुसार यो जनचेतना अभियानमा मोटरसाइकललाई मात्र नभई बस, जिप, ट्रकलगायत साइकल चालाउने र बटुवाहरुलाई समेत ट्राफिक चेतना दिने भएको छ । यो अभियान अन्तर्गत आइतवार साँझ नेपालगञ्जको बिपि चोकमा स्वारीधनीहरुलाई जानकारी दिने निरीक्षक रोकायाले बताए ।

Next Post

जनप्रतिनिधि जनताको साझा सम्पत्ती : मन्त्री पोखरेल

१५ बैशाख २०७६, आईतवार १५:२८
सदरलाइनडटकम, कञ्चनपुर : उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोख्रेलले जनप्रतिनिधि र जनताबीच विश्वासको धागो चुडिन दिन नहुने बताएका छन् । बेदकोट नगरपालिकाको चौथो नगरसभा तथा नवनिर्मित भवनको आइतवार उद्घाटन गर्दै मन्त्री पोख्रेलले जनप्रतिनिधि जनताको साझा सम्पत्ति भएकाले जनताले स्वामित्वको दाबी गर्नु स्वाभाविक भएको बताए । उनले जनताका प्रतिनिधि भएपछि जनताको मन […]