स्थापना दिवसमा फलफुल वितरण तथा सरसफाई

सदरलाइन संवाददाता ३१ असार २०८०, आईतवार १६:३२
 

नेपालगञ्ज : नेपाल उद्योग व्यापार महासंघको स्थापना दिवसमा विरामीहरुलाई फलफुल वितरण तथा सरसफाई गरिएको छ । महासंघको स्थापना दिवसको अवसरमा पश्चिम नेपालकै ठुलो भेरी अस्पताल नेपालगञ्जमा सरसफाई तथा विरामीहरुलाई फलफुल वितरण गरिएको हो ।

भेरी अस्पताल विकास समिति नेपालगञ्जका अध्यक्ष विरेन्द्र शाहको प्रमुख आतिथ्यतामा भएको फलफुल वितरण तथा सरसफाई कार्यक्रमको अध्यक्षता नेपाल उद्योग व्यापार महासंघ नेपालगञ्जका अध्यक्ष तेज प्रसाद रेग्मीले गरेका थिए ।


नेपाल उद्योग व्यापार महासंघ लुम्बिनी प्रदेशका सहसचिव अक्कल बहादुर बम, मेडिकल सुपरिडेन्टेण्ट डाक्टर बद्रि चापागाई, नागरिक समाज, बुद्धिजिवी, समाजसेवी, राजनीतिकर्मी, पत्रकार लगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन महासचिव दशरथ चन्दले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पर्याप्त वर्षात् नहुँदा बाँकेमा रोपाईं प्रभावित

३१ असार २०८०, आईतवार १६:३२
नेपालगञ्ज : साउन महिना शुरु हुन लागिसक्दा समेत बाँकेमा पर्याप्त वर्षा नहुँदा हालसम्म ५० प्रतिशत मात्र रोपाईं भएको छ । कृषि ज्ञान केन्द्र नेपालगञ्जका अनुसार असार–साउन महिना शुरु हुन लागेको बेलासम्म पनि पश्चिम नेपालमै सबैभन्दा बढी धान उत्पादन हुने जिल्लामध्ये बाँकेमा वर्षा नहुँदा हालसम्म ५० प्रतिशत मात्र रोपाईं सकिएको हो […]