खसी डिग्गीमा राख्नेलाई जरिवाना

२३ जेष्ठ २०७५, बुधबार १५:१७
 


सदरलाइनडटकम
२३ जेठ, नेपालगन्ज :  खसीबोका बसको डिग्गीमा हालेर काठमाण्डौं लैजाने चालक र व्यवसायीलाई जरिवाना गराइएको छ । मंगलबार सांझ बाँकेको रिमझिम चौकबाट काठमाण्डौ लैजाँदै गरेका बसको डिग्गीमा राखिएका १८ वटा खसि मरेका
थिए ।
जर्बजस्ती कोचेर हालिएका खसीहरु निस्सासिएर मरेका हुन । उक्त घटनाका बिषयमा बसका चालक, खसी व्यवसायीलाई ५÷५ हजार जरिवाना गरिएको पशु क्वारेण्टाईन कार्यालय नेपालगन्जले जानकारी दिएको छ । ती चालकहरुलाई आगामी दिनमा यस्तो कार्य नदोहो¥याउने लिखित कागज समेत गराइएको उक्त कार्यालयले जनाएको छ ।
बसको डिग्गीमा राखेर खसीबोका लैजाने गरिएको छ । लामो समयदेखि यस्तो कार्य रोकन सरोकारवाला निकायले कुनै चासो दिएका छैनन् । पशु क्वारेन्टाईन कार्यालयले आगामी दिनमा यस्तो कार्य दोहोरिए कडा कारवाही गर्ने जनाएको छ ।


तस्बिर ः बिमला\फेसबुकबाट

Next Post

कोहलपुरमा विद्यार्थीलाई ट्राफिक सचेतना कार्यक्रम

२३ जेष्ठ २०७५, बुधबार १५:१७
सदरलाइनडटकम  २३ जेठ, कोहलपुर (बाँके) : सडक दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले बाँकेको कोहलपुरस्थित त्रिभुवन नमुना माध्यामिक विद्यालयका विद्यार्थीलाई लक्षित गरी ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम गरिएको छ । कोहलपुर नगरपालिकाको आर्थिक सहयोग तथा क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरको प्राविधिक सहयोगमा कोहलपुर क्रियटिभ ग्रुप प्रालिको आयोजनामा बुधबार सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो […]